Breaking

टीकापुर जग्गा प्रकरण– पदाधिकारीसहित २२७ जनाविरुद्ध अख्तियारद्वारा विशेषमा मुद्दा


काठमाडौँ – कैलालीको टीकापुर बजार क्षेत्रको ३० बिगाहा सरकारी जग्गा राजनीतिक दलका नेता, आफन्त र दलका कार्यकर्तालाई वितरण गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

पञ्चायतकालमा टीकापुर क्षेत्रको ३० बिगाहा जग्गा टीकापुर विकास समितिका पदाधिकारीहरुले मनपरी वितरण गरेको भन्दै अख्तियारले लामो समयदेखि अनुसन्धान गरेको थियो । अनुसन्धान पूरा भएपछि पूर्वपदाधिकारीसहित जग्गा खरिद प्रक्रियामा जोडिएका २२७ जनाविरुद्ध मुद्दा दायर गरेको हो ।अख्यितारले तीनजना पूर्वअध्यक्षसहित पहिलोपल्ट जग्गा खरिद गर्ने ११० जना र दोस्रोपल्ट खरिद गर्ने १०७ जनालाई प्रतिवादी बनाएको छ ।