Breaking

कांग्रेसले अझै पाएन संसदीय दलको उपनेता


काठमाडौं — संसदीय दलको नेतामा चयन भएको एक वर्ष कटिसक्दा पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको उपनेता बनाएका छैनन् ।

कांग्रेसको संसदीय दलको विधान अनुसार दलको नेताले उपनेता मनोनीत गर्ने व्यवस्था छ । गत पुस ६ मा देउवा संसदीय दलको नेतामा चयन भएको एक वर्ष पुगेको छ । अघिल्लोपटक भने देउवाले संसदीय दलको नेतामा निर्वाचित भएकै महिना अर्थात् २०७४ फागुनमा उपनेता मनोनीत गरेका थिए ।

अघिल्लो संसदमा देउवाले उपसभापति विजय गच्छदारलाई दलको उपनेतामा मनोनीत गरेका थिए । तत्कालीन समयमा देउवालाई दलको नेता बनाउँदा गच्छदार प्रस्तावक बनेका थिए । यसपटक देउवा प्रस्तावक बनेका रामचन्द्र पौडेल राष्ट्रपति बने ।

संसदीय दल विधानमा दलेको नेताले आफ्नो कार्यमा सहयोग गर्न तथा तोकेको काम गर्नसदस्य मध्येवाट एक उपनेता मनोनयन गर्न व्यवस्था छ । दलका नेताको अनुपस्थितिमा उपनेताले संसदीय दल र कार्यसमिति वैठकको अध्यक्षता गर्ने अधिकार छ ।