Breaking

एमाले धादिङ जिल्ला अधिवेशन : बन्दसत्र अझै अन्योल


काठमाडौँ – नेकपा (एमाले) धादिङ जिल्ला अधिवेशनको बन्दसत्र अझै अनिश्चित छ । आज बिहान ८ बजेदेखि बन्दसत्र अघि बढाउने निर्णय भएको नेताहरूले बताएका थिए ।

तर, धादिङ अधिवेशनको अध्यक्षमण्डलका अध्यक्ष धर्मदत्त देवकोटाले सूचना जारी गर्दै आन्तरिक तयारीको केही काम बाँकी नै रहेको जनाएका छन् । केन्द्रीय संगठन विभागबाट निर्देशन प्राप्त हुनासाथ बन्दसत्र सञ्चालन हुनेसम्बन्धी सूचना जारी गर्ने उनले उल्लेख गरेका छन् । मंगलबार बिहान उनले सूचना जारी गरी अधिवेशनको प्रक्रिया केन्द्रीय निर्देशनानुसार सञ्चालन हुने जनाएका छन् ।