Breaking

राष्ट्रियसभा अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते गर्ने प्रस्ताव


राष्ट्रियसभा अध्यक्षको निर्वाचन आगामी फागुन २९ गते गर्ने प्रस्ताव

काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचन आगामी फागुन २९ गते हुने प्रस्ताव गरिएको छ ।

राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिले शुक्रबार स्वीकृत गरेको राष्ट्रियसभाको सम्भावित कार्यतालिका अनुसार २९ गते अध्यक्षको निर्वाचन गर्ने प्रस्ताव गरिएको छ ।

राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाको पदावधि फागुन २० गते सकिँदैछ । त्यसपछि निर्वाचनबाट अध्यक्ष चुनिन लागेको हो ।
प्रस्तावित कार्यतालिका अनुसार २२ गते संघीय संसदको अधिवेशन बोलाएपछि माघ महिनामा ४ वटा बैठक बस्नेछ । माघमा २२, २४, २८ र २९ गते बैठक बस्नेछ । फागुनमा ९ वटा बैठक बस्नेछ ।