Breaking

बयानमा भिडे चौधरी दाजुभाई , विनोद पनि तानिए, छुट्न पाए जग्गा फिर्ता, सीआईबीमाथि बढ्दै दबाव (भिडियोसहित)


काठमाडौँ— ठुला माछा उर्फ अरुण चौधरी पक्राउको विषयमा अहिले धेरेको चासो छ । बाँसबारीको १० रोपनी जग्गा निजीकरण गरेको आरोपमा चौधरी अहिले सीआईबीको नियन्त्रणमा छन् । यसले कसरी विनोद चौधरीको विरासत मतलव नै नगरि प्रहरीले रिस्क लियो ? भन्ने प्रश्न उब्जाएको छ । जहाँ उनले सीआईवीसंग के बयान दिए ? विरामीको नाटक गरेर अस्पतालमा भिआईपी रुपमा सुतिरहेका उनले अवस्था कस्तो छ त ?

आनाकानी र पक्राउ परेपनि छुटिहाल्छु नी भन्ने आत्मविश्वासका बिच प्रहरीको नियन्त्रणमा रहेका अरुण चौधरीसंग बयान लिईएको छ । कांग्रेस सासद विनोद चौधरी र व्यसायिक घरना चौधरी ग्रुपका बारिसलाई अहिले छोड्न पनि उत्तिकै दवाब छ । तर यसलाई मतलब नगरि प्रक्रिया अघि बढाएको प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो सीआईवीसंग उनले अहिले के भने धेरैको चासो छ । विरामीको नाटक गरेर अस्पतालमा लम्पसार परेका उनलाई सरकारी वकिल कार्यालय, काठमाडौँमा शुक्रबार बिहान ८ बजेदेखि बेलुका ६ बजेसम्म १०घण्टा लामो बयान लिईएकोछ ।
बयानमा उनले आफ्ना दाई डलरअर्ब पति विनोद चौधरीलाई पनि पोलेकाछन् ।

’तत्कालीन सञ्चालक समिति अध्यक्षका नाताले दाजु विनोद चौधरीको पनि भूमिका छ । उहाँकै भूमिका र योजनामा उक्त जग्गा शेयर दिएर किनिएको हो,’ सरकारी वकिल कार्यालयमा अरुणले आफ्नो बयानमा यो कुरा उल्लेख गरेकाछन् ।
जहाँ विभिन्न तत्थहरुले समेत मुख्य योजनाकार विनोद नै भएको देखाएका छन् । च्याम्पियन फूटवेयर कम्पनी खडा गर्ने,पब्लिक लिमिटेड बनाउँछु भन्ने र आफ्ना नाममा जग्गा आएपछि सबै स्वाहा पार्ने काम उनकै योजनामा भएको देखिन्छ । अर्थात पारिवारिक भागवण्डाको आधारमा अरुणको भागमा पुगेकै कारण अहिले विनोद जोगिएको देखिएको छ ।

जुन अरुणको बयानमा समेत आँउदा विनोद छोडेर अरुण पक्राउ गर्ने बाटो विभिन्न झन्झटबाट मुक्त हुन सीआईवीले चालेको कदमका रुपमा समेत विश्लेषण गरिएको छ । यहि कारण लहरो आफूसम्म आईपुग्ने डरले रन्थिएका विनोद कहिले प्रधानमन्त्री प्रचण्ड भेट्ने तथा कहिले कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्नेसम्म गरिरहेका छन् । बाहिर निजि क्षेत्रका व्यवसायीको संस्थालाई उतारेर कांग्रेस संसदीय दलको वैठकमै गम्किएका उनले भाई छुटाउन गरेको रस्साकस्सी भातृत्वको माया मात्रै भन्न सकिने अवस्था छैन् ।

हुन पनि किर्ते र ठगी प्रकरणमा आरोपीलाई २५ दिनसम्म हिरासतमा राखेर अनुसन्धान गर्न सक्ने कानूनी आधार भन्दा छिटै सरकारी वकिलको कार्यालयमा प्रतिवेदन बुझाउने दवावमा सीआईवी छ । तर पक्राउ पर्दै कहिले नुहाउने त कहिले पुजापाठ गर्ने भनेर फोन घुमाएका अरुण पनि बयानमा निकै गलेका जस्तो देखिन्थे । फलत ः एकै झड्कामा कानुन विपरित भए जग्गा फिर्ता गर्ने बयान दिन पुगेका उनले आफूहरुले कानूनसम्मत काम मात्र गरेको दाबी गरेका छन् । ‘विभिन्न निकायबाट निर्णय भएर हाम्रो कम्पनीको नामसम्म जग्गा आएको हो’, चौधरीले भनेका छन् ।

सरकारकालाई सहयोग गर्न भन्दै खोलिएको उद्योग किन बन्द गरेको भन्ने प्रश्नमा आफ्नो तत्कालिन अवस्थालाई दोष दिएका चौधरी कसैगरि यो भुङग्रोबाट निस्किन पाए हुने उदेश्यमा रहेको भान बयानमा थियो । तर सीआईबीले भने २०४३ सालमा बाँसबारी कारखाना र चौधरी परिवारबीच लगानी प्रबद्र्धन सम्झौता भए पनि सरकारी जग्गा निजी स्वामित्वमा पु¥याउने खेल शुरू भएका दाबी गरेको छ । त्यस्तै लामो समयसम्म अनुसन्धान गरेर आफू निष्कर्षमा पुगेको भन्दै शंका नगर्न आग्रह समेत गरेको छ ।

अहिले उनी आफू धेरैदिन खोरमा बस्न नपर्नेमा भने ढुक्क जस्तै देखिन्छन् । फलत ः बयानबाट कसरी बच्ने भन्दा माथि नसोचेका उनलाई प्रहरीले पुरक बयान समेत लिन सक्छ । उनले पहिलो लटको बयानमै जग्गा फर्काउन तयार रहेको भनेकाछन् ।यसले पनि दालमा केही कालो छ भन्ने शंकामा बल पु¥याउँछ ।


यता अनुसन्धानमा खटिएकैहरुले समेत वालकृष्ण खाँणको वेलामा भन्दा बढि राजनीतिक दवाव रहेको बताईरहेका छन् । देशबाटमात्रै नभएर विदेशबाट समेत दबाब आएको उनीहरुको भनाईका विच चौधरीको तरिका ललिता निवास जग्गा प्रकरणमा एमाले नेता विष्णु पौडेलले अपनाएकै जस्तो देखिन्छ । तर कसैलाई नछाड्ने गृहमन्त्री नारायणकाजी श्रेष्ठको दावीले यो काण्ड वारपार होला कि भन्ने आशा समेत छ । तर अरुणले दिएको विनोदसम्म तानिने गरि दिएको बयानको विषयसम्म भने प्रहरी पुग्ने सम्भावना कम छ ।