Breaking

पुटिनालाई चुनौती दिँदै बोरिस, राष्ट्रपति बन्न नदिने, पश्चिमाको साथ, विरोधी मार्ने पुटिनको पुरानै शैली


काठमाडौँ – रुसमा आगामी मार्च १५ देखि १७ तारिखसम्म राष्ट्रपतिको निर्वाचन हुँदै छ । सधैं सत्ता र शक्ति आफ्नो पहुँचमा राख्न खोज्ने राष्ट्रपति भ्लादिमिर पुटिनलाई यस पटक भने धक्का लाग्ने सम्भावना देखिएको छ । पुटिनलाई चुनौती दिन विपक्षी नेता बोरिस नादेज्दिन चुनावमा उठ्ने भएका छन् । बोरिस चुनावमा उठ्ने भएपछि यसपटकको चुनाव निकै रोचक हुने देखिएको छ ।

२०२४ मार्चमा रुसमा राष्ट्रपतिको चुनाव हुँदैछ । आगामी मार्च १५ देखि १७ तारिखसम्म हुने राष्ट्रपतिको निर्वाचनका लागि वर्तमान राष्ट्रपति भ्लादिमिर पुटिनलाई टक्कर दिन विपक्षी नेता बोरिस नादेज्दिन पनि मैदानमा उत्रिदैछन्् । हुन त पुटिनसंग प्रतिस्पर्धा गर्नु भनेको आगोमा जानाजान हामफाल्नु सरह हो । पटिनसंग चुनाव लड्दा कि त जेलको चिसो हावा खानु पर्छ कि त स्वर्गको टिकट काट्नु पर्छ । तर यसपटक भने बोरिसले पुटिनसंग पौँठेजोरी खेल्ने भएका छन् । बोरिसले पुटिन र युक्रेनमाथि रुसी आक्रमणको आलोचना गर्दै आएका छन् । बोरिसलाई राष्ट्रपतिमा निर्वाचित गराउन पश्चिमा देशहरु पनि आतुर छन् । किन कि पुटिनसंग पश्चिमा देशहरु चिडिएका छन् । बोरिसले निर्वाचन आयोगलाई १ लाख मानिसको हस्ताक्षर बुझाएका छन् । उम्मेदवारीका लागि १ लाख मानिसको हस्ताक्षर आवश्यक पर्छ । चिसोमा पनि हजारौँ मानिस लाइन लागेर उनका लागि हस्ताक्षर गरेका थिए ।
हस्ताक्षर बुझाएपछि उनले आफू गौरवान्वित भएको बोरिसले बताएका छन् । आगामी मार्चमा हुने निर्वाचनमा जो राष्ट्रपति निर्वाचित भए पनि २०३० सम्म राष्ट्र प्रमुख चुनिने छन् । यसैबीच रुस र युक्रेनबीच युद्ध जारी छ । रुस युद्धमा फसेको छ तर उसले आफ्नो नयाँ भूभाग भनेर दाबी गरेको क्षेत्रमा पनि मतदान हुनेछ । युक्रेनको केही भूभागसमेत रुसी सेनाको नियन्त्रणमा आएको छ । युक्रेनले आफ्नो क्षेत्रबाट सबै रुसी सैनिक नहटाउँदासम्म आराम नगर्ने यस अघिनै उदघोष गरिसकेको छ । यता रूसमा लगभग एक अर्ब एक करोड मानिसहरूलाई मतदान गर्ने अधिकार छ, तर सामान्यतः लगभग ७०–८० करोड मानिसहरूले मात्र मतदान गर्छन् ।


यसअघि सन् २०१८ मा ६७.५ प्रतिशतले मतदान गरेका थिए । यसपटक रुसको चुनाव रोचक र प्रतिस्पर्धात्मक हुने देखिन्छ । एकातर्फ सन् १९९९ देखि प्रधानमन्त्री वा राष्ट्रपतिको रुपमा निरन्तर पुटिन सत्तामा छन् । उनले ५ पटक त राष्ट्रपति चुनाव नै जितिसकेका छन् । उनको यो छैटौँ राष्ट्रपति बन्ने होड हो । रुसी जनताले राष्ट्र प्रमुखमा नयाँ अनुहार खोजिरहेका छन् । चुनावका दिनसम्म बोरिसले उम्मेदवारी फिर्ता नलिए यी दुई जनाको चुनाव रोचक र घोचक हुने प्रबल सम्भावना छ ।