काठमाडौँ— कृष्ण प्रसाद सिटौलाको आगामी यात्रा स्वभाविक नहुने चर्चा सुरु भएपछि डा.शेखर कोईराला पक्षको भविष्यमाथि प्रश्न उठ्न थालेको छ । पहिलो विद्रोह पचाएका देउवाकै ईशारामा सिटौला चले कोइरालाको दोश्रो विद्रोह मान्य हुनेमा आशंका जन्मिएको हो । जहाँ यसको मारमा माओवादी पर्नु र उसले चाल्ने कदमको प्रभाव कांग्रेसको गुटसम्म पर्ने अर्को दृश्यले समेत परिस्थिती पेचिलो बन्दै छ ।
राष्ट्रिय सभा अध्यक्षको सपना सहित सघाएका कृष्णप्रसाद सिटौलाले ढलमल गर्ने देखिएपछि विद्रोह गरेका डा.शेखर कोईराला समस्यामा परेका छन् । उनलाई व्यवस्थापन गर्ने र कोशीमा एक्का हुने दाउ विपरित सिटौलाले सक्रियता रोजे के हुन्छ भन्ने प्रश्नले यो जोखिम निम्त्याएको हो । जुन अवस्था सभापति शेबहादुर देउवकै पक्षमा देखिने छ भने विच्किएका पुष्पकमल दाहालले पनि उनैलाई सहयोग गर्ने पक्का छ । यसले अभिभावक विहिन बनेका महामन्त्री गगन थापा र अर्का नेता प्रदीप पौडेललेलाई राहात नै मिल्दा एक्लो प्रहारमा कोईराला पर्ने स्थिती बन्न लागेको हो । हुन त पहिलो विद्रोह देउवा प्रचण्डले स्वीकारेपछि कोईराला हौसिएका थिए । जहाँ एमालेलाई जिताउने तर कांग्रेसलाई पनि नहराउने सन्देश दिन उनी चहान्थे ।
फलत ः राष्ट्रिय सभा निर्वाचमा त्यहि अभ्यास गरेका उनी शायद प्रचण्डमाथि दवाव बढ्ने आशामा छन् । त्यस्तै एमालेले समेत साथ दिएको यो अवस्थाले देउवालाई समेत नयाँ कदम चाल्ने फाईदा रहँदा सिटौलालाई सहयोग गरेको जस्तो सन्देश जाने फाईदामा समेत कोईराला थिए । जसले कोशीमा एक्का हुन पाईने उनको आशा सफल हुन्थ्यो भने देउवा पक्ष कमजोर बन्ने आशा समेत थियो । त्यसमाथि वालकृष्ण खाँणले गोप्य बैठकमै आएर दिएको हौसला उनका लागि अघि बढ्ने प्रेरणा बनेको थियो । तर जसलाई आफ्नै पक्षमा पार्न श्रीमतीलाई एमाले अध्यक्ष केपी शर्मा ओलीसंग भेटवार्ता गराएका देउवाले अव सिटौला पनि प्रयोग गरे के हुन्छ भन्ने प्रश्न उब्जिएको हो ।
हुन त राष्ट्रियसभा सदस्यमा निर्वाचित भएपछि सिटौला नेता कोइराला निवासमा पुगेका थिए । यसले उनको कोईरालाप्रतिको अनुग्रह उद्घाटित भएपनि देउवा बारम्बार विद्रोह सहने पक्षमा देखिदैनन् । यसले इतर गुटको मनोबल वलियो हुने बाहेक अन्य वेफाईदा उनका लागि नभएपनि प्रचण्डले बढाउने दवाव झेल्न सजिलो छैन । जहाँ माओवादीका महासचिव देव गुरुङ्गले त धोका पनि दिने खुरुखुरु उसैको कुरा मान्ने नहुने बताँउदै आएका छन् । यसको संकेत अध्यक्ष नदिनेतर्फ नै केन्द्रीत हुँदा त्यसको प्रभाव शेखर गुटलाई पर्ने प्रष्ट छ । यता राजनीतिक विश्लेषकहरु पनि शेखरको यो विद्रोह नै नभएको बताउछन् ।
गठबन्धनबाट पाएको भागमा आफ्नो भाग माग्ने उनको तरिकालाई ठ्याक्कै भन्दा देउवासंगको व्ल्याकमेलिङ भन्न मिल्ने उनीहरु बताँउछन् । पार्टि नै फुटाउन सक्ने अवस्था नहुनु तथा उनलाई साथ दिने भनिएको एमाले पनि स्थिर नहुनुले शेखरले केहि गर्न नसक्ने धेरैको बुझाई छ । फलत ः संस्थापन पनि फाईदा मै भएका कारण उनले चालेका हरेक कदम देउवाले स्वीकारको रुपमा यसलाई बुझ्न सकिन्छ । यद्यपी यसले नेतृत्वमा स्थापित हुने र आफ्ना एजेण्डामा मत तयार गर्ने उनको प्रयास भने झनझन कमजोर हुने देखिन्छ ।
कहि नअटाएका व्यक्ति अटाउने तथा जस्तोसुकै व्यवहार सह्य भएकै कारण धेरैको रोजाईमा कांग्रेस पर्ने एउटा व्यङग समेत छ । जहाँ विरासत कै राजनीति गर्ने कोईरालाले यतिको सुविधा उपभोग गर्नु अस्वभाविक नहोलात । त्यस्तै आफूले कांग्रेसलाई भोट हालेर अर्को दलमात्रै फेरेको विषयलाई समेत उनले पार्टिको सिद्धान्त विपरितको कार्य भन्न नमिल्ने तर्क गर्लान । तर ज्योतिषले भनेकै संख्यामा पालो पुर्याउने बाटोमा रहेका देउवा र कसैसंग नमिले सत्तामा जान नसकिने अंकगणितीय धरातले प्रचण्ड पनि कमजोर छैनन् । जसको प्रहारमा कोईराला पर्ने देखिदाँ उनको व्यवहार सभापति लडिकेको नेताको जस्तो नभई रुन्चे कार्यकर्ताको जस्तै हुदै जानु अर्को विडम्बना हो ।


प्रतिक्रिया