काठमाडौँ— लगातार कांग्रेसको दवाव खपिरहेको माओवादी र गठबन्धन फुटाउन नसक्ने एमालेको विकल्प के वाम एकता हो भन्ने चर्चा छ । जुन तत्काल सम्भव नदेखिदाँ उत्तरको शक्ती सक्रिय भए के हुन्छ भन्ने अर्को प्रश्न छ । जहाँ केहि माओवादी नेताले समेत यो आशा राखेको देखिदाँ बारम्बार माओवादीले किन चिनिया नेता वोलाईरहेको छ ? के यसले नयाँ राजनीतिक धुव्रीकरणको धरातलय तय गर्ने हो त ?
चिनिया कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हैयानको टोली अहिले नेपाल भ्रमणमा छ । नेकपा माओवादी केन्द्र को औपचारिक निमन्त्रणमा शुक्रबार नेपाल भ्रमणमा आएको यो टोली उच्चस्तरीय राजनीतिक भेटवातामा व्यस्त छ । उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल देखि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसम्म भेटेका छन् ।
नयाँ पार्टि राष्ट्रिय स्वतन्त्र पार्टिका सभापति रवि लामिछानेसंग समेत टोलीले भेटपछि केहि समयदेखि उसको ढल्काई चीनतिर भएकै आलोचना हुँदै आएको छ । यद्यपी चिनिया टोलीको यो नै पहिलो भ्रमण भने हैन । यसअघि पनि बारम्बार उच्चस्तरीय भ्रमण भएको सन्दर्भमा अहिले नाका खोल्ने देखि विआरआईको बहस सतहमा ल्याउनेसम्ममा चीन सक्रिय देखिन्छ । जसलाई कम्युनिष्टमा देखिएको फुट र माओवादीले कांग्रेसको पेलान खाईरहेको परिप्रेक्षमा अझ अर्थपूर्ण रुपमा हेरिएको छ । जहाँ एमाले पनि सत्ता गठबन्धन फुटाउन नसक्ने अवस्थामा रहेको तथा त्यसको जरा विदेशी शक्तीसम्म फैलिएको चर्चा छ । जहाँ एउटै शक्तीले सरकार बनाउन नसक्ने अंकगणित अर्को बाधा बन्दा कांग्रेस सभापति शेरबहादुर देउवाले ओली नरोज्ने विषय समेत यसम जोडिएको छ । यद्यपी यो पल्ट प्रचण्ड भारत र पश्चिमाको बाटो हिडेको र त्यसैको उदारहण गेरुवश्त्र देखि अमेरिका भएर चीन यात्रामा गएको विषय समेत चर्चा छ । त्यस्तै भारतबाटै पहिलो भ्रमणको
थालनी गरेका उनले देउवा प्रभावका रुपमा हेरिदाँ विआरआईलाई पछि पारेको चर्चा समेत छ । जहाँ अहिले माओवादीकै नेताहरु भने यसको प्रशंसामा समय खर्चिरहेका छन् ।
हुन त गठबन्धन जोगाउन जे सुकै गर्न प्रचण्ड बाध्य पनि छन । त्यसको विकल्प हुनसक्छ कि भनेर एमालेलाई राष्ट्रिय सभामा समेट्ने उनेको प्रयास माधवकुमार नेपालको कड्को थपाईका कारण सफल हुन सकेन् । यहि बुझेका चीनसर्मथित नेता वर्षमान पुन जस्ता नेताहरुले चीनको उपस्थिती बढाउन खोज्नुलाई संयोगमात्र मान्न नहुने केहिको तर्क छ । यहिविचमा उनले त कांग्रेससंगको सम्बन्धवारे गम्भिर समिक्षा हुने बताई नै सकेका छन । तर राजनीतिक विश्लेषकहरु भने सी पथ पढाएकैहरु नेकपा फुटाएर छिन्नभिन्न भएपछि चीनको प्रभाव सकिएको तर्क गर्छन । अहिले बनेको गठबन्धन देशभित्रको मात्र नभई बाहिर को समेत भएको बताउने उनीहरु त्यसलाई ब्रेक गर्न नसकिने ओलीले समेत बुझेको बताँउछन् । साथै देउवा र प्रचण्डलाई समेत तय गरिदिएको लक्ष्मण रेखाले जोडिरहेको बताउने उनीहरु वाम एकताको सम्भावना नै नरहेको बताउन थालेकाछन् । राजीतिक विश्लेषक बुद्ध छिरिङ मोक्तान अव चिनले पढाउन खोजेको पाठ काम नलाग्ने बताँउछन् । भारतमा बढ्दो मोदी प्रभाव नै नेपालको अवको राजनीतिक कोर्ष तय गर्ने उनको बुझाई छ । यसको अर्थ चीनले देखाउने सक्रियताले माहोल बन्ने र वामहरु एक ठाँउमा उभिएला भन्ने नहुने उनको आशय हो । यद्यपि स्वार्थका कारण स्वस्फूर्त जोडिने सम्भावना त पानी बारबारकै सम्बन्ध भएकाहरुसंग पनि हुने नेपाली राजनीतिको विशेषता नै हो ।
अहिले उत्तरको शक्ती नेपाली राजनीतिमा कमजोर बन्दै जाँदा त्यसैको आडमा एक हुने कम्युनिष्टको सपना तत्काललाई असम्भवप्राय नै देखिन्छ । जसमा उनीहरुहरुमै देखिएको जुंगाको लडाई प्रमुख कारण बन्दा माधव देखि ओली प्रचण्ड अट्ने स्पेस खोज्न कम चुनौती छ्रैन । जसको प्रत्यक्ष अप्रत्यक्ष फाईदामा कांग्रेसनै पुग्दा प्रचण्डले थालेको पार्टि रिब्रान्डिङ र एमालेको संगठन सुदृढिकरणले पनि कहि परिणाम दिने वाला छैन् ।


प्रतिक्रिया