काठमाडौँ— जनताको सेवा गर्न बसेका सरकारी निकायहरूबीच समन्वय हुनु पर्ने भए पनि एक अर्काप्रति प्रतिशोधा साँधदा समय समयमा विभित्र घटनाहरू बाहिरिने गरेका छन् । शुक्रबार त्रिभुवन विमानस्थलमा भएको प्रहरी र अध्यागमनको झडप त्यसको पछिल्लो उदाहरण हो । सरकारी निकायका यस्ता हर्कतले जग त हसाएको छ नै साथै विमानस्थलको सुरक्षामा खटिएका पहरेदरमाथि नै विभित्र प्रश्न उठाएको छ ।
शुक्रबार दिउँसो त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको सुरक्षार्थ खटिएका अध्यागमका कर्मचारी र प्रहरीबीचको मुठभेडले राज्यका संयन्त्रको दुर्दशालाई चित्रित गरेको छ । एउटै मन्त्रालय मातहतका निकायबीच देखिएको भिडन्तले देशकै ‘गेट वे’ भनेर चिनिने अन्तरर्राष्ट्रिय विमानस्थललाई रमिता स्थल बनाएको छ । गृहमन्त्रालय मातहतकै संयन्त्र प्रहरी र अध्यागमनका कर्मचारीको प्रतिशोधका कारण घटित उक्त घटनाले अहिले जग हसाएको त छ नै यी दुईबीचको मनमुटाब अध्यागमन कसले चलाउने भन्ने विषयसँग पनि जोडिएको छ ।
पहिलेदेखि नै चलेको वर्चश्वको लडाईमा विमानस्थलको क्षेत्रलाई कित्ताकाट गरेर भागबण्डा लगाए जस्तै छ । राज्यका एक सय ७० भन्दा धेरै निकाय कार्यरत विमानस्थलको क्षेत्रलाई सरकारी निकायहरूले नै भागबण्डा गरेको अवस्था छ भने, ठूलो आर्थिक चलखेल हुने सम्भावना हुँदा आफ्नो क्षेत्रमा अरु कोही प्रवेश नगरुन् भत्रेमा ती निकायहरूमा प्रतिशोधको भावना जागृत छ । फलतः प्रहरीले अन्य कर्मचारीको उपस्थिति मन पराउँदैनन् भने अन्य कर्मचारीले पनि प्रहरीको गतिविधिलाई हस्तक्षेपकारी भूमिकामा हेर्ने गरेको पाईन्छ।
विमानस्थलमा प्रहरी र अध्यागमनको टकराव यसअघि देखि नै चुलिदै आएको थियो ।
‘भिजिट भिषा’ को आवरणमा सङ्गठित रूपमा मानव तस्करी भइरहेको भन्दै गत असोज ९ गतेदेखि सुरु गरिएको अपरेसनमा प्रहरीले विमानस्थलमै कार्यरत अध्यागमन अधिकृत नरवीर खड्कासहित ३८ जनालाई पक्राउ गरेपछि प्रहरी र अध्यागमनका कर्मचारी बीचको सम्वन्ध पानी बाराबारको स्थितीमा पुगेका छ । अधिकृत खड्काको पक्राउपछि त्राहिमाम् बनेका अध्यागमन कार्यालयका कर्मचारीहरूले सामूहिक सरुवाको माग गर्दै हडतालसम्म गर्न भ्याए ।
त्यस्तै भन्सार जाँचपास कक्षबाट ६१ किलो सुन बाहिर निस्किसकेपछि भन्सार जाँचपासमा भूमिका पाउन नेपाल प्रहरीले गृहमन्त्रालयलाई लबिइङ गरिरहेको थियो । तर, भन्सार प्रशासनले नेपाल प्रहरीलाई जिम्मा दिन नमानेपछि उक्त जिम्मेवारी सशस्त्र प्रहरीले काँधमा पुगेको छ । आफूले खोजेको भूमिका सशस्त्रको पोल्टामा पुग्दा नेपाल प्रहरी असन्तुष्ट छ । विमानस्थलमा पहरा दिएर बसेका सबै निकायका पहरेदारको बीचमा राम्रो सम्बन्ध हुनु पर्ने हो । तर,संस्थासंस्थाबीचको तुषकै कारण विमानस्थलमा क्ुटाकुटकै स्थिती पैदा भएको छ ।
सरकारी संयन्त्रहरू सबै भ्रष्ट र आचारणहीन भएको आम नेपालीको बुझाईलाई शुक्रबारको घटनाले थप बल पुगेको छ । नागरिकलाई पहरा दिन बसेका पहरेदार बीच नै भएको युद्धले जनताको सहजताका लागि सहकार्य गर्दै भूमिका खेल्नु पर्ने निकायको कार्यसम्पादन उदाङ्गिएको छ । विमानस्थल जस्तो संवेदनशील क्षेत्रमा खटिएका राज्यको संयन्त्रबीच नै सुरक्षा मापदण्ड पालनाकै लागि यति धेरै विवादित हुनु स्वभाविक मात्रे ठाउँ छैन । विदेशी पर्यटकहरू आउने मुख्य नाकामा नै जनताको सेवा र सुरक्षा गर्न बसेका दुवै निकायको यस्तो हरकत हुनु शोभनीय पक्कै होइन ।् यद्यपी शुक्रबारको घटनामा अध्यागनम कार्यालय अधिकृत छाँयालाल मोक्तान र प्रमुख गोगन बहाद्ुर हमालनै प्रहरीबाट कुटिएपछि गृहमन्त्रालयले ३ सदस्य छानविन समिती गठन गरेको छ ।


प्रतिक्रिया