Breaking

राष्ट्रियसभामा गण्डकीबाट सत्ता गठबन्धनका उम्मेदवार निर्वाचित


काठमाडौँ – राष्ट्रिय सभाका लागि गण्डकीमा भएको ३ सिटको निर्वाचनमा सत्तारुढ गठबन्धनका उम्मेदवार निर्वाचित भएका छन् । कांग्रेसबाट अन्यतर्फ किरणबाबु श्रेष्ठ, अपांगतारअल्पसंख्यकतर्फ पदमबहादुर परियार र माओवादीबाट पर्वकी मनरुपा शर्मा निर्वाचित भएका हुन् । श्रेष्ठले ३ हजार ८०८, मनरुपाले ३ हजार ६६० र परियारले ३ हजार ७७९ मतभार पाए ।
एमालेका अन्यतर्फका उम्मेदवार चक्रबहादुर पराजुलीले २ हजार ४७७, अपांगतारअल्पसंख्यकतर्फ एमालेका हेमन्द्र शेरचनले २ हजार ४५८ र महिलातर्फ सम्झना देवकोटाले २ हजार ५५३ मतभार पाइन् ।

एमालेबाट जितेका ढोरपाटन नगरपालिकाका फरार मेयर देवकुमार नेपाली अनुपस्थित हुँदा कुल मतभार २ हजार ४३९ हुन्छ । तर, एमालेका सबै उम्मेदवारले बढी मत पाएको देखिएको छ ।