Breaking

विश्वको युद्ध रोक्ने प्रचण्डमा हुटहुटी, अरु देशका मन्त्री जादा नेपालका प्रधानमन्त्रीनै किन ?(भिडियोसहित)


काठमाडौँ— असंलग्न आन्दोलन (नाम) का सदस्य राष्ट्रहरुको १९ औं शिखर सम्मेलन अफ्रिकी मुलुक युगान्डामा सम्पन्न भएको छ । बहुसंख्यक मुलुकको प्रतिनिधित्व विदेशमन्त्रीले गर्दा नेपालको तर्फबाट प्रधानमन्त्री स्वमं कम्पालामा पुगेर सम्बोधन गरे । शिखर सम्मेलनमा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले झन्डै एक दर्जन बढी एजेन्डाहरु जोडदार उठान गरेका छन । तथापी धूर्विकृत विश्व भु–राजनीति र शीत युद्धकै झल्को दिनेगरी शक्ति राष्ट्रहरुबीचको सामरिक तथा भूराजनीतिक होडबाजी उत्कर्षमा पुगेका बेला असंलग्न आन्दोलन कति सान्दर्भिक छ ।

सन् १९६१ मा बेल्ग्रेड, युगोस्लाभियामा भएको असंलग्न आन्दोलन (नाम)को पहिलो शिखर सम्मेलनमा कुनै पनि कित्ता वा सैन्य गठबन्धनमा सहभागी नहुने सन्देशलाई नेपालले पुनः दोहो¥याएको छ ।
अफ्रिकी मुलुक युगान्डाको कम्पालामा सम्पन्न १९ र्औ शिखर सम्मेलनमा, वैठकलाई सम्बोधन गर्दै परराष्ट्रमन्त्री एनपी साउदले, नेपालले कुनै पनि सैन्य गठबन्धनमा सामेल नहुने र त्यसको हिस्सेदार हुन कहिल्यै स्वीकार नगर्ने स्पष्ट पारेका छन । मन्त्री साउदले नेपालले सधैँ स्वतन्त्र, वस्तुनिष्ठ, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गर्ने सन्देश दिएका छन ।

बहुसंख्यक परराष्ट्रमन्त्रीस्तरीय प्रतिनिधि रहेको शिखर सम्मेलनमा सम्बोधन गर्न युगान्डा पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शुक्रवार नेपालले स्वतन्त्र, वस्तुनिष्ठ, सन्तुलित र असंलग्न परराष्ट्र नीति अवलम्बन गरेको दोहो¥याउँदै हिमालय क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभावदेखि (नाम)को अबको लक्ष्य, कोभिड–१९ जस्ता थपिएको नयाँ चुनौती,दिगो विकासका लक्ष्य प्राप्त गर्न भईरहेका प्रयास लगायतका एक दर्जन बढी एजेन्डाको उठान गरेका छन ।

नेपाल आफैले विकास गरेको शान्ति प्रक्रियाको मोडल बाह्य मुलुकका लागि अनुकरणीय जोड दिँदै नेपालको सन्दर्भमा विश्वको चासोमा रहेको सङ्क्रमणकालीन न्यायलाई सबैको सहमतिमा निष्कर्षमा पुर्याएर दिगो शान्ति सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताएकाछन् । नेपालको तर्फबाट सबै प्रकारका द्वन्द्व र भू–राजनीतिक प्रतिद्वन्द्वको निन्दा गर्दै प्रधानमन्त्री दाहालले युक्रेन र गाजामा भइरहेको द्वन्द्व अत्यन्त पीडादायी भएको बताएका छन । ‘मध्यपूर्वमा शान्ति र स्थायित्वको चाहना गर्दै नेपाल संयुक्त राष्ट्रसङ्घको सान्दर्भिक प्रस्तावका आधारमा प्यालेस्टाइन र इजरायलबीचको मान्यता प्राप्त अन्तर्राष्ट्रिय सीमाभित्र शान्ति–सुरक्षाका लागि उभिन चाहेको स्पष्ट पारेका छन ।

प्रथम र दोस्रो विश्वले दिएको अकल्पनीय पीडाको घाउ नपुरिँदै विश्वका शक्ति राष्ट्रहरूले सैनिक गुटबन्दीदेखि हातहतियारको होडबाजी चलाए । अमेरिका र तत्कालिन सोभियत संघले राम्रो हतिहार र अन्तरीक्ष प्रविधि बनाउने प्रतिस्पर्धा नै चलाएका बेला तेस्रो विश्वका मुलुकहरु यो गृट र प्रतिस्पर्धामा नलागी तटस्थ रही आर्थिक विकास र विश्व शान्तिमा योगदान पु¥याउने उदेश्य सहित असंलग्न आन्दोलन’ नाम सुरु भएको इतिहास छ ।

अहस्तक्षेप, सार्वभौमसत्ताको सम्मान, अनाक्रमण, पारस्परिक सहयोग तथा शान्तिपूर्ण सह–अस्तित्व ‘पञ्चशील’ आधारित असंलग्न आन्दोलनको शिखर सम्मेलन आफैमा महत्वपूर्ण रहे पनि यसको औचित्य र सन्देशमा सन्देह बढ्दो छ । कारण बदलिएको विश्व भु–राजनीति, शक्तिशाली बन्ने भन्ने होडले निरन्तर आमनेसामने भईरहेको शक्तिराष्ट्रहरुबीचको टकरावले विश्व राजनीति संकट उन्मुख छ ।
अमेरिका चिन भारत जस्ता मुलुक विश्व शक्ति बन्ने होडमा मात्र छैन आफ्नो प्रभाव विस्तार गर्न अनेक चाल चल्दै आइरहेका छन् । दक्षिण एसियामा चीनले अघि सारेको विआइआई योजना होस् या अमेरीकाको एमसीसी एसपीपी जस्ता रणनीतिक परियोजना उदाहरण मान्न सकिन्छ । असंलग्न विदेश नीति र कुनै शक्तिसंग संलग्न बनेर मुलुकको विकास ? बहस समेत बन्ने गरेको छ ।

अमेरिकी सहयोग परियोजना एमसीसी स्वीकार गरेपछि नेपालको असंग्न विदेश नीति कार्यन्वयनलाई लिएर प्रश्न समेत उठ्दै आएको छ । असंलग्न विदेश नीति नेपाल जस्तो मुलुकको लागि निर्विकल्प सर्त हो । यसको सहि कार्यन्वयन र कुटनीतिक व्यवहारमा नेपाल सजग हुनुपर्नेमा जानकारहरुले जोड दिँदै आएका छन ।

असंलग्न विदेश नीति समय सापेक्ष परिमार्जन गर्नुपर्ने बहस चल्दै आएको छ । धूर्विकृत विश्व भु–राजनीति र शीत युद्धकै झल्को दिनेगरी शक्ति राष्ट्रहरुबीचको सामरिक तथा भूराजनीतिक होडबाजी उत्कर्षमा पुगेका यस्ता सम्मेलनहरुले दिने सन्देशको समेत चर्चा हुन जरुरी छ ।