Breaking

जनताको लाइनमा उभिए रवि, प्रचण्डमाथि दबाब, देशभरका योजनामा रास्वपाको ताकेता (भिडियोसहित)


काठमाडौँ – जनताले दिएको मतलाई प्रतिपक्षको भूमिकामा निर्वाह गर्न राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो यात्रा लम्काइरहेको छ । पार्टी नेतृत्व नै विवादमा गिझोलिरहे पनि प्रतिपक्षविहीन जस्तो देखिएको नेपाली राजनीतिमा रास्वपा भने निरन्तर सरकारलाई दबाब दिँदै प्रतिपक्षी भएको भान गराउन उद्दत देखिन्छ ।

नेपालमा अहिले जम्मा २१ वटा राष्ट्रिय गौरवका आयोजनाको काम भइरहेका छन् । तर, ती भौतिक विकासका सबै काम अलपत्र अवस्थामा छ । विविध कारणले ढिलासुस्ती भई रुग्ण बनेका यी र यस्ता अन्य आयोजनामा न सरकारको ध्यान जान सकेको छ न त प्रमुख ठूला प्रतिपक्षी दलको नै । तर, सत्ता र प्रतिपक्षी दुवै दलका नेताहरू सत्ता र शक्तिमा नै केन्द्रित भइरहँदा वैकल्पिक भनेर नयाँ उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी भने सरकारलाई दबाब दिन नयाँ ढंगले अघि बढेको छ । रास्वपाले आफ्नो पार्टी अभियान अन्तर्गत मिसन–८० मा विकास आयोजनामा भइरहेको ढिलाइबारे नागरिकलाई सचेतना र सरकारलाई दबाव दिँदै खबरदारी गर्ने तयारी थालेको छ ।

विकासका काममा सरकारको ध्यानाकर्षण गराउन नयाँ स्वरुपको आन्दोलनको अभ्यास गर्दै एक सय १३ किलो मिटर नारायणघाट–बुटवल सडक हिँडेको रास्वपाले त्यस्तै मोडेलमा थप २७ आयोजनामा केन्द्रित भएर दबाबको कार्यक्रम गर्न लागेको हो । उसको पैदलयात्रालाई स्टन्टबाजीको रुपमा चित्रित गरिए पनि रास्वपाले स्टन्टका लागि मात्रै नभएर कमजोरी र त्यसको समाधानसमेत पत्ता लगाउने यात्राको रुपमा लिएको छ । नारायणघाट कै मोडेललाई निरन्तरता दिँदै देशव्यापी दबाव दिन रास्वपा लागिपरेको छ ।

पार्टीको नेतृत्वकर्ता लामिछाने नै पटक पटक विवादमा गिझोलिरहेका छन् । पहिले नागरिकता र राहदानीले विवादित बनेका रविलाई अहिले फेरि सहकारीको मुद्दा टाउको दुखाई बनेको छ । नेतृत्वमा नै विवाद भए पनि रास्वपा सरकारलाई भने एकपछि अर्काे दबाव सिर्जना गर्ने कोशिस गरिनै रहेको छ । तर, आफ्नै संकटमा रुमल्लिरहेका रविलाई पनि सरकारलाई दबाव दिन नसकेको आरोप भने लाग्न छोडेको छैन । सरकारलाई दबाद दिन नसकेको आरोप उनीमाथि लाग्दै गर्दा रास्वपाले चालेको यो कमदले सरकारलाई दबाव दिन सक्ला त ?

सरकारको कामप्रति असन्तुष्टि जनाएर यसअघि पनि पटक पटक विभित्र खाले आन्दोलनको रुप रास्वपाले देखिसकेको छ । तर, सरकारले भने सडक संघर्षदेखि देशै बन्दसम्मको आन्दोलनलाई सम्बोधन गर्नुको सट्टा झनै बेवास्ता गर्दै आएको छ । वर्षांैदेखि राज्यमा व्यथिति मौलाउँदो रुपमा छ भने त्यसैमा खेलेर हालीमुहाली चलाइरहेका नेतृत्वलाई रविको यो रचनात्मक दबावले कतिको छोला त्यो भने समयले नै बताउने छ ।