काठमाडौँ – अर्जेन्टिना कप्तान तथा इन्टर मियामी फरवार्ड लियोनल मेस्सीले फिफा द बेस्ट २०२३ अवार्ड जितेका छन्।
मेसीले तेस्रो पटक वेष्ट फिफा अवार्ड पाएका हुन्। महिलातर्फको वेष्ट अवार्ड भने स्पेनी आइताना बोनमातीको पोल्टामा परेको छ। बोनमर्टीले स्पेनलाई महिला विश्वकप उपाधि र बार्सिलोनालाई युरोपेली च्याम्पियन्स लिगको उपाधि दिलाउन महत्वपूर्ण भूमिका खेलेकी थिइन्। गएराति लन्डनमा आयोपजत समारोहमा म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड र पेरिस सेन्ट जर्मेन ९पीएसजी० मा फरवार्ड केलियन एमबाप्पेलाई पछि पार्दै मेस्सीले अवार्ड हात पारेका हुन्।
गत सिजन ट्रेबल उपाधि जितेको सिटीका उत्कृष्ट गोलरक्षकको अवार्ड भने सिटीका इडरसनले पाए। उत्कृष्ट प्रशिक्षकको अवार्ड पनि सिटी कै पेप ग्वार्डिओलाको हातमा पुग्यो। सिटीले सन् २०२२–२३ को सिजन प्रिमियर कप, च्याम्पियन्स लिग र एफ ए कपको उपाधि जितेको थियो।
फिफा वेष्ट अवार्ड विजेताको घोषणा राष्ट्रिय टोलीका प्रशिक्षक र कप्तान, पत्रकार र प्रशंसकबाट प्राप्त भोटको आधारमा गरिन्छ।
प्रतिक्रिया