काठमाडौँ – गत एक वर्षको अवधिमा देशबाट १६ लाखभन्दा बढी नेपाली विदेशिए । विभिन्न बाहानामा देश छोडेकाहरूमध्ये सबैभन्दा बढी वैदेशिक रोजगारीका लागि जाँदा झण्डै ७१ हजारले भने स्थायी रूपमा नै देशको नागरिकता त्यागे ।
वर्षेनी ठूलो संख्यामा स्थायी रुपमा देश छोड्नेहरुको संख्या बढ्दै जाँदा यसले चुनौती बढाएको छ ।
अध्यागमन विभागले मंगलबार गत वर्ष २०२३ मा विदेशिने नेपालीको तथ्यांक सार्वजनिक ग¥यो । जसअनुसार वैदेशिक रोजगारी, अध्ययन, भ्रमण, तालिम, गोष्ठीजस्ता विभिन्न प्रयोजनका लागि भन्दै १६ लाख तीन हजार आठ सय ३६ जना नेपाली विदेशी भूमिमा पुगेका छन् ।
आठ लाख आठ हजार चार सय १५ जनाले वैदेशिक रोजगारका लागि त्रिभुवन अन्तरर्राष्ट्रिय विमानस्थलको प्रयोग गर्दा एक लाख आठ हजार पाँच सय ४२ जनाले अध्ययनका लागि भन्दै विदेशिएका छन् । वैदेशिक रोजगार र अध्ययनका लागि देश छोड्नेको संख्यामा वर्षेनी वृद्धि हुँदै जानु नेपालीका लागि कुनै नौलो कुरा नै हुन छोडिसक्यो । तर, यीसँगै सार्वजनिक भएको अर्काे तथ्यांकले भने सबैलाई एक पटक सोच्नै पर्ने अवस्थामा ल्याईपु¥याएको छ । नेपालबाट एक वर्षको अवधिमा मात्रै झण्डै ७१ हजारले स्थायी रूपमा नै देश छोडेका छन् ।
कुल ७० हजार नौ १५ जनाले नेपालको नागरिकता र पासपोर्ट नै त्यागेर देश छोडेका छन् । यसरी देश छोड्नेमा उच्च वर्गका र सम्पत्र घरानाका नै हुने गरेका छन् । देशमा अवसर देख्न छोडेरभन्दा पनि यहाँभन्दा बढी सुख सयल र विलासिताको जीवन बिताउनले लालसाले अमेरिका, क्यानडा र अष्ट्रेलिया जस्ता सम्पत्र राष्ट्रमा स्थायी रूपमा नै बस्न थालेको अध्यागमनले जनाएको छ ।
नेपालमा पछिल्लो समय देशभित्र केही छैन, काम गर्न कुनै अवसर नै पाइदैन भत्रे भाष्य निर्माण भइरहेको छ । तर, यसरी देश नै त्यागेर स्थायी रूपमा विदेशिनेहरूमा निम्नवर्ग भन्दा अवसर पाएकाहरू नै छन् । उत्पादकत्वमा कमि, बेरोजगारी लगायतका कारण देशभित्र भविष्य नदेख्ने बाध्यात्मक परिस्थिति देशमा छ । तर देशभित्रै रोजगारीको अवसर प्राप्त गरेका र सामाजिक रूपमा समेत प्रतिष्ठित व्यक्तिहरूमा समेत शीघ्रातीशीघ्र सम्पत्ति आर्जनको मोह अनपेक्षित बन्दै गएको छ । छिटो सम्पत्ति कमाउने मोहमा रोजगारीको अवसर प्राप्त गरेकाहरू नै विदेश पलायन भइरहेका छन् ।
यही देशमा केही गर्छु, खान्छु, र यही देशमा मर्छु भनेर माटो ढोग्ने नेपालीको संस्कार अहिले देश सञ्चालन गर्ने नेतृत्वदेखि आम नागरिकमा पनि हराउँदै गएको छ । राष्ट्रियताका लागि रगत बनाउने पुर्खाको सन्तान हामी नेपालीमा अहिले त्यो भावना गुम्दै गएको छ ।
देश बिगारे भनेर कर्मचारी र राजनीतिक नेतृत्वलाई नै सत्तो सराप गर्ने अनि पाएकै अवसरलाई भने लात हानेर विदेशीने परिपार्टीले देशलाई झन् अध्यारोतिर धकेल्दै लगेको छ ।
वैदेशिक रोजगारमा गएका वा उच्च शिक्षा लिन गएकाहरू त ढिलो चाडो स्वदेश फर्केलान् । तर, स्थायी रूपमै देश छोडेर गएकाहरूलाई राज्यले हुर्काउन बढाउन गरेको सबै लगानी बेकार भएको छ । ‘जननी जन्मभूमिश्च स्वर्गादपि गरियसी’ अर्थात् जन्म दिने आमा र जन्मभूमि स्वर्गभन्दा पनि प्यारो हुन्छ भन्ने नैतिक उक्ति नेपाली जनमानसमा मर्दै गएको देखिन्छ ।
देश छोड्ने नेपालीहरुको सरकारी तथ्यांकले पनि यस्ता कुराको पुष्टि गरेको छ । झण्डै दुई करोड ९२ लाखको हाराहारीमा भएको नेपालको कूल जनसंख्याबाट दैनिक एक सय ९४ ले स्थायी रुपमै देश छोड्दै जानुले उनीहरुमा देशप्रतिको प्रेम कम हुँदै गएको भन्ने पक्कै पनि होइन होला । हुन पनि सक्दैन । तर अस्थायी वा स्थायी रुपमा देश छोड्न कसले बाध्य बनाउँदै छ ? किन नेपाली विदेशिन बाध्य बन्दै छन् ? यसका कारक र कारण खोज्नै पर्छ । देशमा व्याप्त राजनीतिक बेथितिले चुलिएको लथालिङ्ग व्यवस्थाले हो वा अवसर र रोजगारीको समस्याले हो ? सिधा अर्थमा बुझ्दा अघि उल्लेखित सबै कुराको प्रभाव नै हो भनिरहनै पर्दैन । किन कि यो विषय घाम झै छर्लङ्ग छ । त्यो हो भने के अब पनि राज्य मुकदर्शक बनेर हेरिबस्छ या केही सोच्नतर्फ ध्यान दिन्छ ? यो भने गम्भीर प्रश्न हो ।
यसरी विदेशिनेको लाइनमा बसेका युवाले पनि नेतृत्व तहले देश बिगार्यो भन्ने आरोप लगाउनु अगाडि उनीहरुलाई त्यस ठाउँमा पु¥याउन खेलेको भूमिकालाई बिर्सन नहुने हो । युवा नै नरहे देश कसले बनाउँछ भनेर अपेक्षा गर्ने ? युवाविहीन अवस्थामा देशले कसरी प्रगतिको पथ समाउँला ? देश निर्माणको चरणमा आफू टाढा बस्ने अनि देश बनेन भनेर नेतृत्वलाई मात्रै दोषी करार गर्ने युवाहरु आफू स्वयम्मा कति जिम्मेवार छन् ? यी प्रश्नहरुको पनि जवाफ खोज्ने समय भइसकेको छ ।
प्रतिक्रिया