Breaking

कोशीमा राप्रपाका अम्बरबहादुरले सत्ता गठबन्धनबाट सभामुखमा उम्मेदवारी दिने


काठमाडौँ – कोशी प्रदेशको सभामुखका लागि राप्रपाबाट अम्बरबहादुर विष्टले उम्मेदवारी दिने भएका छन् । सत्ता गठबन्धले यसअघि नै राप्रपालाई सभामुख दिन सहमत भइसकेकोले राप्रपाले विष्टलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । राप्रपाको मंगलबार बसेको संसदीय दलको बैठकले सभामुखमा उम्मेदवारी दिने निर्णय गरेको हो ।

निर्वाचन कार्यतालिका प्रकाशन भएपछि उम्मेदवारी दिने राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाले बताए । एमालेले पनि सभामुखमा उम्मेदवारी दिनेनदिनेबारे छलफल गरिरहेको छ । सत्ता गठबन्धनले राप्रपाका विष्टलाई उम्मेदवार बनाउने भएपछि एमाले अलमलमा छ । एमालेले उम्मेदवारी नदिए सभामुखमा विष्ट निर्विरोध निर्वाचित हुनेछन् । यो पनि सम्भावना छ । सभामुखको निर्वाचन दिउँसो ३ बजेका लागि तय भएको छ ।