Breaking

देउवासँग गगन–शेखर रूष्ट, माओवादीले टुंग्यायो उम्मेद्वार, माधव नेपालले २ सिटमै चित्त बुझाए

भाग मिल्यो, उम्मेदवार कसरी मिलाउने ?


काठमाडौँ अन्ततः सत्ता गठबन्धनका दलहरु सिट बाँडफाँट सकेर राष्ट्रियसभा निर्वाचन केन्द्रित भएका छन् । यसले कांग्रेसमा असन्तुष्टि बढेको छ भने माओवादीले उम्मेद्वार नै टुङगाएको छ । त्यस्तै एकीकृत समाजवादीले माग पूरा नभए पनि चित्त बुझाँउनु परेको छ । यता प्रमुख प्रतिपक्षी नेकपा एमाले पनि चुनावी मैदानमा होमिएको छ । यद्यपि अहिलेसम्मको मतभारको स्थितिमा सत्ता गठबन्धनका उम्मेद्वारको जित निश्चित छ ।

हार्ने निश्चित भएकै कारण एमालेले खासै चासो नदिएको राष्ट्रिय सभाका लागि सत्ता गठबन्धनले पनि भागबन्डा टुङ्गो लगाएको छ । निकै रस्साकस्सीका बिच गठबन्धन बैठकले राष्ट्रिय सभाका १९ सिटमा भागबन्डा टुंगो लगाएको हो । अब नेपाली कांग्रेसले १० सिटमा उम्मेद्वार उठाउने छ भने नेकपा माओवादी केन्द्रले ६, एकीकृत समाजवादीले २ र १ सिट जसपाले लिने छन् ।

भाग खोज्दै प्रधानमन्त्रीकोमा पुगेका सत्तारुढ दल जनमत, नागरिक उन्मुक्ति भने समेटिन सकेनन् । बरु संसदको चुनाव हारेको तथा एक सिटमा सीमितले भाग पाए । यता पाँच सिटको दाबी गर्दै तीनमा झरेको एकीकृत समाजवादीले दुई सिटमा नै चित्त बुझाएको छ । मन्त्रीसहित २ नभए ३ सिट भन्ने रटान लगाएको एकीकृत समाजवादीले बागमती र गण्डकी प्रदेशमा उम्मेदवारी दिने पक्का भएको छ । एकातर्फ राष्ट्रिय दल नै नभएको शक्तिलाई धेरै ठाँउ दिन आवश्यक नरहेको तर्ककाबिच बालुवाटार बैठकबाट माधव नेपाल असन्तुष्टि जनाउँदै हिँडेका थिए ।

यसबारे पार्टीमा बिफ्रिङ गरेका उनले सचिवालयमा राष्ट्रिय सभामा २ सिट लिए कुनै मन्त्रालय वा समितिको सभापति थप्ने कांग्रेस र माओवादीले प्रस्ताव गरेका बताएका थिए । जसलाई कर्मकाण्डका रुपमा विश्लेगषण गरिहँदा असन्तुष्टिका बाबजुद २ सिटमै लड्ने बाटोमा एकीकृत समाजवादी अघि बढेको छ । यद्यपि, आफूहरूको असन्तुष्टि कायमै रहेको बताउँदै यसले कहाँ कहाँ असर पार्छ थाहा छैन भन्दै प्रवक्ता जगन्नाथ खतिवडाले घुमाउरो शैलीमा चेतावनी दिएका छन् ।

यता माओवादीले त भागमा परेको सिटका लागि उम्मेद्वार नै तयार गरिसकेको छ । तर टिकट वितरणमा नेताहरु हावी भएको हुम्लाका आठ जनप्रतिनिधिले असन्तुष्टि जनाएका छन् । अहिलेकै अवस्थामा मतदान प्रक्रियामा भाग नलिने निर्णय गरेका उनीहरुले शनिबार भएको उक्त निर्णय पार्टी अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड०लाई बुझाइसकेका छन् । त्यस्तै कांग्रेसभित्र पनि डा।शेखर कोईराला र गगन थापा समुह रुष्ट बनेको छ । ४० प्रतिशत भाग खोजेका उनीहरुलाई ३० प्रतिशतसम्म दिन सभापति शेरबहादुर देउवा राजी भएका छन् । अर्थात पहिले २ भन्दा दिन नसकिने अडानमा रहेका देउवाले अहिले ३ सिट शेखर गगन समुहलाई दिएका हुन ।

अझ गज्जब त भागवण्डामा टुङिगएको क्लस्टर नै कांग्रेस संस्थापन पक्षले आफ्नो समूहका नेताहरुको व्यवस्थापनका लागि सहज हुने गरी बनाएको छ । देउवा कोशीमा पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला, लुम्बिनीमा पुष्पा भुसाल, सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहरालाई उम्मेदवार बनाउने तयारीमा छन् । चाहेको छ । सिटौला र भुसाल २०७९ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थिए । उनीहरु समेटिने गरि नै सुदूरपश्चिममा कांग्रेसले अपाङ्ग लिने छ,लुम्बिनीमा महिला,मधेश र कोशीमा अन्य भाग संस्थापन पक्षले आफ्नो भागमा पार्दा घुमाई घुमाई ईतर पक्ष पेलिएको छ ।

राष्ट्रियसभाको मतदान माघ ११ गते हुँदैछ भने त्यसका लागि सोमबार मनोनयन दर्ता हुने छ । आइतबार मतदाताको प्रकाशन भएको अन्तिम नामावली अनुसार राष्ट्रियसभा निर्वाचनमा २०४७ जनाले मतदान गर्ने भएका छन् । नामावली अनुसार मधेशमा सबैभन्दा बढी मतदाता रहँदा प्रदेशसभा सदस्य ५४९ र स्थानीय तहका प्रमुख र उपप्रमुख गरी १,४९८ जनाले मतदान गर्ने भएका हुन् ।