Breaking

कांग्रेसको कार्यसम्पादन समितिको बैठक दिउँसो चार बजेका लागि सर्यो


काठमाडौं । नेपाली कांग्रेसको कार्यसम्पादन समितिको बैठक चार बजेका लागि सरेको छ ।

राष्ट्रियसभा निर्वाचनका लागि सिट बाडफाँटबारे टुंगो लगाउन बसेको सत्तारूढ दल आइतबार दिउँसो १ बजेका लागि तय भएको बैठक चार बजेका लागि सारिएको पार्टी सचिवालयले जनाएको छ ।

सत्ता गठबन्धनबीच सिटमा मोटामोटी सहमति भएको भनिए पनि किचलो बाँकी नै हुँदा सत्तारूढ दलका शीर्ष नेताहरू आन्तरिक छलफल मै व्यस्त छ्न्। आज बिहान सत्ता गठबन्धनबाट सिटको टुंगो लागि कांग्रेसको भागमा १० सिट परे पनि पार्टीभित्रै सिटको बाडफाँटमा सकस परेको हो ।्