सर्लाहीको बरहथवा नगरपालिकामा तनाबपूर्ण स्थिती सृर्जना भएपछि पुनः कर्फ्यू जारी गरीएको छ ।
जिल्ला प्रशासन कार्यालयले बरहथवामा आज दिउँसोदेखि भोलि विहानसम्म लागू हुने गरी कर्फ्यू जारी गरेको छ । सर्लाहीको बरहथवा नगरपालिकामा प्रहरीको गोली लागेर स्थानीय युवक जयशंकर साहको मृत्यु भएपछि बरहथवा क्षेत्र थप तनावग्रस्त भएको छ । जयशंकरको शव अझै पनि घटनास्थलबाट उठाइएको छैन । आन्दोलनकारी र प्रशासनबीच सहमति हुन नसक्दा शव घटनास्थलमै रहेको छ ।
बरहथवा–६ को प्राथमिक स्वास्थ्य केन्द्रको स्तरोन्नतिका विषयमा भएको प्रदर्शन नियन्त्रणमा लिने क्रममा प्रहरीको गोली लागेर स्थानीय जयशंकरको मृत्यु भएको थियो । शनिबार नै गृह मन्त्रालयले घटना छानविनका लागि मन्त्रालयका सहसचिव थानेश्वर गौतमको संयोजकत्वमा ३ सदस्यीय समिति गठन गरेको थियो भने मृतक परिवारलाई १० लाख रुपैयाँ राहत प्रदान गर्ने निर्णय गरेको थियो ।
प्रतिक्रिया