Breaking

भाग मिलाउन गठबन्धनलाई सकस, देउवा प्रचण्डले गरे कब्जा, माधवको ५ सिटको माग पुरा होला ?

राष्ट्रिय सभा हारूवा जाने ठाँउ



काठमाडौँ – एमालेलाई शुन्य पार्ने किन भाग दिने भन्नेमा अल्झिएको सत्ता गठबन्धनले बल्ल बाटो प्रष्ट गरेको छ । योसंगै भागवण्डामा लागि परेका सत्ताघटक दलहरू अर्को रस्साकस्सी सुरू भएको छ । तुकविहिन बहसका कारण उम्मेद्वारी दर्ताको सम्मुखमा रहेका उनीहरुको तयारी के छ त ?

केहि दिन जिस्काएको एमालेले सबै सिटमा उम्मेद्वारी दिने भन्दै अघि बढेपछि झस्किएको सत्ता गठबन्धन भागवण्डामा लागि परेको छ । राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारी दिन दुईदिन मात्र वाँकि हुदाँ झस्किएका उनीहरु अव रस्साकस्सीमा लागि परेका हुन् ।

सिट बाँडफाँटमा कै छलफल गर्न शनिबार सत्ता गठबन्धनको बैठक बसेको थियो । तर, दलहरूका आआफ्नै दाबीले गर्दा सहमति हुन सकेन भने एमालेलाई लिएर अघि नबढ्ने निष्कर्षमै वैठक सिमित बनेको हो । गठबन्धनमा कांग्रेसले १३ सिटमा दाबी गरेको बताइएको छ ।

माओवादी केन्द्रले पनि ७ सिटमा दाबी गरेको बताइएको छ । जसले १९ सिटमा हुन लागेको चुनावमा जसपा,एकीकृत समाजवादी,जनमत लगायका दल कहाँ अटाउछन भन्ने बहस छ । यद्यपि अन्तिममा भागबण्डा हुँदा कांग्रेस ९–१०, माओवादी ५–६, एकीकृत समाजवादी २, जसपालाई १ सिटको समेटिने गरेर कांग्रेस र माओवादीका नेताहरूले खाका तयार पारेको गठबन्धकै नेताहरु बताउछन् । तर जनमत, लोसपा र नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्रीलाई भेटेर राष्ट्रियसभामा एक–एक सिट माग गरेका छन् ।

उनीहरुलाई समेट्ने कुनै गुञ्जायस नहुदाँ एमालेले वोक्न सक्ने खतरा समेत छ । जुन विजयका लागि प्रर्याप्त नभएपनि गठबन्धन फुटाउने प्रस्थान विन्दु बन्न सक्ने आशामा एमाले यसअघिबाटै छ । जहाँ गठबन्धनको वैठककै कारण कांगे्रेसको केन्द्रीय कार्य सम्पादन समितिको वैठक नै सर्यो । यद्यपी नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले देशभरको मतको स्थितिलाई मध्यनजर गरेर सत्ता गठबन्धनका दलहरूबीच सिट बाँडफाँट हुने बताएका छन् ।

महागठबन्धनको सवैभन्दा बाधक बनेको नेकपा एकीकृत समाजवादीले सत्ता गठबन्धनमा राष्ट्रिय सभाका ५ सीट र अध्यक्ष मागेको छ । अन्तिममा ३ सिटसम्मा मिल्न सक्ने अवस्थामा रहेपनि त्यो भन्दा सम्झौता नहुने दवावमा माधवकुमार नेपाल छन् । अझ राष्ट्रपति र प्रधानमन्त्री आफूले नपाएकोले सधै त्याग नै गरिरहनु पर्छ भन्ने रहेको एकीकृत समाजवादीका नेताहरुको तर्क छ ।

यो बाहेक अहिलेको अवस्थामा साना दल नसमेटिएपनि भड्कि हाल्ने स्थिती भने छैन् । फलत ः नयाँ गठबन्धनको सम्भावना क्षिण भएको र अहिलेको सरकारमै मन्त्री खान पाईरहेकाहरुले घुर्काएपनि साथ नै छोड्लान भन्नेमा प्रचण्ड देखिदैनन् । तर प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी शर्मा ओली र विपक्षी दल रास्वपाका सभापति रवि लामिछाने विच भेटवार्ता भएको छ । यसले एमाले पनि गठबन्धनसहित रणनिति रुपमा अघि बढ्ने तयारीमा देखिदाँ जित निश्चित भएको निर्वाचनका उम्मेद्वार व्यवस्थापन सत्ता गठबनधनलाई सहज छैन ।

हुन त राष्ट्रिय सभामा दलियत छायामै प्रश्न छ । साझा उम्मेद्वार बन्न सक्ने र राष्ट्रका लागि योगदान गर्नेहरुलाई समेटिनु पर्ने यो थलो सजिलो संसद यात्राको आधारमै सिमित छ । त्यसमा दलिय सिण्डिकेटले प्रभाव देखिने थलोकै रुपमा विकास हुने लागेको माथिल्लो सदन सत्ता गठबन्धनको संकटको सुरुवात नबन्ला भन्न सकिदैन् ।