Breaking

प्रचण्डका मन्त्री नांगिए, पतित नन्दीभृंगी मन्त्रीको सूची, मन्त्रीहरुले नै सरकारको धोती खुस्काए (भिडियोसहित)

प्रचण्डका औतारी मन्त्री


काठमाडौँ – दोस्रो वर्षको सुरुवात मन्त्री फेरेर गर्ने बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई मन्त्रीहरुका नयाँ नयाँ अवतार हेर्नै भ्याईनभ्याइ छ ।

हुँदाहुँदा सरकारकै निर्णय उल्लंघन गर्नेदेखि निहत्था नागरिकको हत्या गर्ने घटनाको कारकसमेत मन्त्री नै बनिरहेका छन् । यीनै नन्दीभृङ्गी मन्त्रीबाटै परेशान बनेको बताउने प्रचण्ड पनि उनीहरुका यी गैर–जिम्मेवार गतिविधिमा रमाइरहेका छन् ।

दोस्रो वर्षमा अद्भूत काम गर्ने बताएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मन्त्रीमण्डलका नन्दीभृङ्गी मन्त्रीको चर्चा गरौँ आज । प्रचण्ड नेतृत्वको सरकारमा यस्ता मन्त्री छन् यीनका क्रियाकलाप सुन्दा तपाईंलाई पनि लाग्नसक्छ–‘जे हुन्छ नेपालमै हुन्छ ।’

सोमबारका मात्रै दुई घटना हेर्ने हो भने सबैले टोपी दिवस मनाईँरदा राष्ट्रिय धोती दिवसको नाम दिएर धोती लगाउन पुगेकी संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवी पक्राउ परिन् ।

अपराधी र तस्कर नेता जोगाउने सरकारले मन्त्री नै पक्राउ गर्नु सामान्य घटना थिएन । यी मन्त्रीलाई सरकारले माइतीघरलाई निषेधित क्षेत्र घोषणा गरेकोसम्म थाहा थिएन । वा सरकारको निर्णयलाई चुनौती दिन स्वयं मन्त्री नै लागिन् । अर्को रोचक के छ भने, पक्राउ परेपछि महेन्द्र पुलिस क्लबमा तीनै मन्त्री देवी अनसन बसिन् ।
प्रचण्ड क्याबिनेटकै अर्का मन्त्री छन् नारायणकाजी श्रेष्ठ ।

बालकुमारीको दुइ युवाले ज्यान गुमाएको घटनामा उनको मन्त्रालयको धोती फुस्किएको छ । अहिले स्वास्थ्य ठिक नभएको कारण देखाएर मन्त्रीको कुर्सी ओगटीरहेका उनीमाथि चौतर्फी राजीनामाको दबाब छ । यीनै मन्त्री मातहतमा रहेको प्रहरीले अर्का मन्त्रीको ज्यान जोगाउन त्यसको सट्टमा दुई युवाको ज्यान लिएको छ । अरु देशमा सुत्केरीले राम्रो उपचार नपाउँदा मन्त्रीले राजीनामा दिन्छन् । तर देशमा दुई होनहार युवाको सरकारले नै हत्या गर्दा समेत यीनको नैतिकता देखिएको छैन् । संसारकै पतीतमध्येक एक मन्त्री यीनीपनि हुन् ।


नन्दीभृङ्गी मन्त्रीको सूचीमै पर्छन– भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला । सायद यिनी मन्त्री नभएको भए, बालकुमारी घटनाको मुख्य योजनाकारकै रुपमा यीनी चिनिन्थे । यदी पीएसओको आदेश मानेर अर्कै बाटो हिंडेको भए दुई युवाले अनाहकमा ज्यान गुमाउने थिएनन् । केही दिनअघि मात्रै प्रधानमन्त्रीले देशभरका केही ठूला योजनाको प्रगती विवरण माग्दा जवाफ दिने ठाउँ नपाएको रिसमा काठमाडौं खाल्डाखुल्डीमुक्त भएको भ्रमपूर्ण र गलत दाबी गरेका थिए । सुरक्षा विश्लेषण नगरेको भन्दै पीएसको निलम्बित हँदा पीएसओको कुरा नसुन्ने मन्त्री ज्वाला लाजै पचाएर मन्त्री पदमा बसिरहेका छन् । अरु केही यस्ता ‘डमी मन्त्री’ छन् । न यीनको नाम नै कहिल्यै सुनिएको छ । नाम सुनेपनि फट्याईंमा मात्रै अग्रस्थानमा आउँछन् । त्यसको अग्रस्थानमा छन् ।

स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत । स्वास्थ्य क्षेत्रमा कायापलट गर्ने बताउने यीनी अस्पतालका निर्देशक कानुन विपरीत फेर्नेदेखि करारमा जिल्लावासीलाई नियुक्त गर्ने तथा राज्यको ढुकुटीबाट जिल्लवासीलाई विदेश शयर गराउनेसम्मका गतिविधिमा सक्रिय छन् । अस्पतालका सामान खरिदमा समेत मन्त्री स्वंयमले भ्रष्टाचार गरेको आरोप संसदीय समितिमै प्रवेश गरेको छ ।


देश रोजगारीको चरम संकटमा रहेका बेला युवा पलायन रोक्ने योजना बनाउनुपर्ने श्रम तथा रोजगार मन्त्री शरतसिंह भण्डारीमाथि खुलेआम पैसा उठाएर भ्रष्टाचार गरिरहेको आरोप छ । इपीएस समस्याबारे लामो समयसम्म गैर जिम्मेवार भन्दा बालकुमारी घटना भएको आरोप लागिरहेकै बेला अनुचित लाभ लिनेजस्ता गैर जिम्मेवार हर्कतमा उनी लागेको आरोप छ ।

अर्का चटकी र स्नन्टबाँज मन्त्रीको सूचीमा छन्– सुदन किराती । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको रुपमा आएदेखि नै कुरा गर्ने काम नगर्ने मन्त्रीको छवि बनाएका उनले साम्प्रदायीक सद्भाव भड्काउने अभिव्यक्ति मात्रै दिएनन् । कुनै एक धर्मको प्रचारकसम्मै भएर अभिव्यक्ति दिँदा उनी कारवाहीका भागेदार थिए । तरपनि सामान्य नैतिकता मन्त्रीले पनि देखाएनन् । सुशासनरुपी सरकारले समेत उनलाई बर्खास्त गर्नु आवश्यक ठानेन । सार्वजनिक मञ्चमा भने उनी मन्त्री पद त लगिदिएपनि हुन्छ भन्दै अभिव्यक्ति दिँदै हिंडेका छन् ।

विद्युतको बक्यौता विवादमा विद्युत प्राधिकरण र उद्योगीको विवाद उत्कर्षमा पुग्दा समेत उर्जामन्त्री शक्तिबहादुर बस्नेतको बोली फुटेको सुनिएको छैन । अर्थ मन्त्रालयको नेतृत्वमा रहेका डाक्टर मन्त्री प्रकाशशरण महत प्रधानमन्त्रीलाई नटेर्नेदेखि उनीसँगै नबोल्नेसम्मका बिषय छन् ।

रञ्जिता श्रेष्ठ, सिता गुरुङ, डिगबहादुर लिम्बु,सुरेन्द्रराज आचार्य, विरेन्द्र महतो, अशोक राई, शरतसिंह भण्डारी लगायतका मन्त्री त गुमनाम छन् । लाग्छ यी मन्त्रीहरुलाई खोज्न सार्वजनिक सुचना नै जारी गर्नुपर्ने अवस्था आइसकेको छ । यस्तो लाग्द मन्त्री भएदेखि यिनीहरु सिंहदबारभित्रै हराइरहेका छन् । ढुंगामा देउता भेटिएलान् तर यी गुमनाम मन्त्री कसै गरी पनि भेटिनेवाला छैनन् । यीनै नन्दीभृङ्गी मन्त्रीबाटै परेशान प्रधानमन्त्रीले उनीहरुलाई पदमुक्त गराउन देखाएको मौनता पनि ताजुबको छ ।