काठमाडौँ – बाँदर आतंकले कृषकलाई सास्ती दिइरहँदा जनप्रतिनिधिहरू भने विदेश भ्रमणका लागि तछाडमछाड गरिरहेका छन् । बाँदर नियन्त्रणकै लागि अध्ययन गर्न सांसदहरू विदेश भ्रमणको टुंगो लगाउनमा व्यस्त हुँदा स्थानीय जनप्रतिनिधिहरूको ध्यान भने रूख कटानमा छ । बन्दुक पड्काउनेदेखि बन्ध्याकरणको उपायसमेत प्रभावकारी नभएको अवस्थामा रूख काटेर बाँदर नियन्त्रण सम्भव होला ?
नेपाली कृषकहरूले बाली रोप्नेदेखि बजारसम्म नपु¥याउञ्जेल विभित्र खाले चुनौतीको सामना गर्नुपर्छ । वर्षेनी हुने बीउ, मल र सिँचाईंको अभाव त एकातिर छँदैछ अर्कातर्फ उत्पादन भइसकेपछि पनि त्यसको भण्डारण र उचित बजार नपाउँदा किसानहरू मारमा पर्ने गरेका छन् । त्यसमाथि पनि ठूलो लगानी र परिश्रमको फल खाने बेलामा बाँदरले बाली नाश गरिदिँदा कृषकहरू दोहोरो मारमा परेका छन् । हालको परिपेक्षमा सबैभन्दा ठूलो समस्या नै बाँदरको आतंक बनिरहँदा निकै दुःख–कष्टले लगाएको अत्रबाली जोगाउन नै किसानलाई सास्ती हुने गरेको छ ।
अत्रबाली नाश गरिदिँदा आफ्नो बासस्थानसमेत छोड्नु पर्ने बाध्यता किसानको छ । यसै समस्याबाट मुक्त हुन पोखरा महानगरपालिका वडा नम्बर १९ का वडाध्यक्षले रुख काट्ने सूचना जारी गरे । सोमबार वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले ‘मेरो रुख म काट्छु’ अभियान सञ्चालनमा ल्याउन उर्दी जारी गरेका थिए । उनले रुख काटेर बाँदर नियन्त्रणको प्राथमिक समस्या समाधान मात्रै आफूले खोजेको बताएका छन् ।
रुख कटान स्थानीय सरकार सञ्चालन ऐनविरुद्ध भएको र ग्लोबल वार्मिङ पनि भइरहेको अवस्थामा यसलाई अभियानकै रुपमा अघि सार्नु स्वभाविक छैन । यसबारे विभित्र टिकाटिप्पणी हुन थालेसँगै महानगर प्रमुख धनराज आचार्यले नै वडाको निर्णयमाथि रोक लगाएका छन् । स्थानीय तहमा बाँदर आतंक भए पनि वडाको निर्णय गलत भएकाले अभियानमाथि महानगरले रोक लगाएको हो ।
प्रतिनिधि सभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभापतिमा डा.आरजु राणा नियुक्ति भएसँगै बाँदर नियन्त्रणलाई नै प्राथमिकतामा राखिएको थियो । यसको व्यवस्थापनमा सहजीकरण गर्न सभापति राणाले भारतीय राजदूतलाई चिठी नै काटेकी थिइन् । परिणामतः बाँदरलाई बन्ध्याकारणमार्फत नियन्त्रण गर्न समितिका १८ सांसद, १० जना पशु चिकित्सक र पाँच जना वनका रेञ्जर गरि जम्बो टोली नै भारतको हिमाञ्चल राज्य जाने भएका छन् । तर, विभित्र शीर्षकमा राज्यको ढुकुटी सकाएरै सांसदले भ्रमण गर्दैमा बाँदर नियन्त्रणमा आउन नसक्ने जानकारहरू बताउँछन् । यसअघि पनि बन्दुक पड्काउने, बन्ध्याकरण गर्ने जस्ता उपायहरू अपनाइसकेको हुँदा यो कुनै व्यवहारिक नहुने साढे तीन दशक बाँदरबारे अध्ययन गरेका प्राध्यापक डाक्टर मुकेशकुमार चालिसेको अनुभव छ ।
नेपालमा जस्तै विदेशमा पनि बाँदरको समस्या रहेको डा.चालिसे बताउँछन् । जसलाई नियन्त्रण गर्ने एक मात्रै उपाय बाँदरको तथ्यांकको अध्ययन र अनुसन्धान भएको उनीको तर्क छ । बाँदरको सबै समूहले नोक्सान नगर्ने हुँदा नोक्सान गर्ने बाँदरको पहिचान गरि त्यसलाई चिडियाखानामा राख्न सकिने विज्ञको सुझाव छ । साथै संसारभर चलेको चलन अनुसार बायो मेट्रिक परीक्षण अथात् औषधी उत्पादनसँग जोडेर पनि सदुयोग गर्न सकिने देखिएको छ । चीन, थाइल्याण्ड, जापान र बंगलादेशले पनि यही उपाय अपनाउँदै आएको प्राध्यापक चालिसे बताउँछन् । पाखे, लङ्गुर र राता गरेर नेपालमा जम्मा एक लाख जति बाँदर रहेको तथ्यांक छ । तर तुलनात्मक रुपमा बढी बालीनाली नाश गर्ने राता बाँदर हुन् । यी मध्ये पनि सबै बाँदर खराब नहुने हुँदा यसको अध्ययन गरेर ती बाँदरलाई मात्रै पनि नियन्त्रणमा लिन सके अहिले मच्चिरहेको बाँदर आतंकलाई व्यवस्थापन गर्न सहज हुने देखिन्छ । लाखौं लाख खर्च गरेर सांसदलाई विदेश भ्रमणमा पठाउने खर्च अध्ययन अनुसन्धानमा लगाउन विज्ञको सुझाव छ । यस विषयमा सरोकारवाला निकायले विदेश भ्रमणबाट भन्दा पनि देशभित्रै उपाय खोज्न आवश्यक रहेको जानकारहरु बताउँछन् ।
प्रतिक्रिया