Breaking

गठबन्धन बैठक : बालकुमारी घटनाको छानबिन गर्न उच्चस्तरीय समिति गठन गर्ने


काठमाडौं । सरकारले बालकुमारी घटनाको निष्पक्ष छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्ने भएको छ ।

आईतबार बसेको बालुवाटारमा बसेको सत्ता गठबन्धनको बैठकमा छानबिन समिति गठन गर्ने सहमति भएको हो । त्यसका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई आजनै निर्देशन दिएका छन् ।

भोलि बिहान बस्ने मन्त्रिपरिषद् बैठकले समिति गठन गर्ने र काम सुरु गर्नेछ । छानबिन आयोग ऐन २०२६ बमोजिम पूर्व न्यायाधीशको अध्यक्षतामा उच्चस्तरीय छानबिन आयोग गठन गर्न प्रधानमन्त्रीले गृह मन्त्रालयलाई निर्देशन दिनुभएको कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले जानकारी दिनुभयो ।

बालकुमारी घटनामा अछामका वीरेन्द्र शाह र दैलेखका सुजन रावतको मृत्यु भएको थियो भने भौतिक मन्त्री प्रकाश ज्वालाको गाडी आगजनी भएको थियो ।