Breaking

बालकुमारी घटनाको विरोधमा वीरेन्द्रनगरमा प्रदर्शन


शुक्रबार ललितपुरको बालकुमारीमा प्रहरीको गोली लागेर दुई जनाको मृत्यु भएको विरोधमा सुर्खेतको वीरेन्द्रनगरमा प्रदर्शन भएको छ ।

युवा विद्रोह जनसंघर्ष समिति नामबाट वीरेन्द्रनगरमा प्रदर्शन, ¥याली र चक्काजाम गरिएको छ । वीरेन्द्रनगरको एरिचोकबाट ¥यालीसहित मंगलगढी हुँदै वीरेन्द्रचोक पुगेका युवाहरुले एक घण्टा चक्काजाम गरेका थिए ।

आन्दोलनकारीले उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको राजीनामा मागेका छन् ।

शुक्रवार कोरियन भाषा परीक्षाका विषयमा भएको विरोध प्रदर्शनमा प्रहरीको गोली लागेर २ जना मृत्यु भएको थियो । बालकुमारीमा भएको घटनामा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी समेत गरिएको थियो ।