Breaking

बालकुमारी घटनामा रास्वपाले माग्यो प्रधानमन्त्री र गृहमन्त्रीसँग जवाफ


काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीले ललितपुरको बालकुमारी घटनाको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठको पुत्ला बनाएर रास्वपाको र्‍याट विभागले ‘जवाफ चाहियो सरकार’ कार्यक्रम सञ्चालन गरेको हो । त्यस क्रममा रास्वपाले प्रधानमन्त्री र गृहमन्त्रीलाई केही प्रश्न गरेको छ ।
पानीजहाज बनाउने काममा कोरिया जानका लागि भाषा परीक्षा दिएर अनुतीर्ण भएकाहरुले उत्पादनमूलक कामका लागि हुने भाषा परीक्षाका लागि पनि फारम भर्न पाउनुपर्ने माग गर्दै शुक्रबार ईपीएस कोरिया शाखाको कार्यालयबाहिर प्रदर्शन गरेका थिए । त्यस क्रममा प्रहरीले गोली चलाउँदा २ जनाको मृत्यु भएको थियो ।