Breaking

प्रधानमन्त्री कार्यालयमा ६ दर्जन कर्मचारी अनावश्यक छन्, आजैदेखि संरचना बदल्छु : प्रचण्ड


काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफ्नो कार्यालयमा ६ दर्जन कर्मचारी अनावश्यक रहेको भन्दै प्रधानमन्त्री कार्यालयको संरचना बदल्ने घोषणा गरेका छन् ।

प्रधानमन्त्रीले आफ्नो कार्यालयसँगै सचिवालयमा पनि उल्लेख्य हेरफेर गर्ने संकेत दिए । एक वर्षे अनुभवले आफूलाई हेरफेरको आवश्यकता महसुस भएको उनले बताएका छन् । उनले मन्त्रीहरुसमेत हेरफेर गर्ने संकेत गरे पनि गठबन्धनभित्र त्यसो नगर्न दबाब पैदा भएको संकेत गरे ।