Breaking

प्रतिगामीहरुले टाउको उठाउँदैछन्, जनता असन्तुष्ट छन् : माधव नेपाल


काठमाडौं — नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी शक्तिहरुको चलखेल बढेको बताएका छन् ।

आजदेखि सुरु भएको सातौं केन्द्रिय कमिटी बैठकमा अध्यक्ष नेपालले देशभित्र र बाहिर भइरहेको प्रतिगामी गतिविधिबारे अरु दलमा पनि चिन्ता रहेको बताए ।

‘चिन्ता हामीलाई मात्रै छैन, नेकपा माओवादीभित्र छ, जनता समाजवादी र विप्लवमा पनि छ’, अध्यक्ष नेपालले भने । तर मुलुकको स्वाधिनता, स्वतन्त्रताबारे समाजवादी मोर्चामा छलफल सुरु भएको उनले बताए ।

‘जनतामा निराश छ, पार्टीहरुप्रति नै असन्तोष छ । कारण खौजौ’ अध्यक्ष नेपालले भने । जनताबाट टाढा हुँदा नै दलहरुप्रति निराशा बढेको पनि अध्यक्ष नेपालले बताए । ‘जनताबाट टाढा भएपछि अस्वीकार गर्छ, भोटबाट’, नेपालले भने ।