Breaking

पर्यटन मन्त्री किरातीको राजिनामा माग्दै काठमाडौँमा प्रदर्शन


काठमाडौं ।सनातन धर्मावलम्बी नेपालीको आयोजनामा पर्यटन मन्त्री सुदन किरातीविरुद्ध आइतबार काठमाडौँमा प्रदर्शन गरिएको छ ।

सनातन संस्कृतिको खुलेआम विरोध गरी प्रचार गरेको भन्दै किरातीलाई मन्त्री पदबाट बर्खास्त गर्नुपर्ने उनीहरूले माग गरेका हुन् । मन्त्री किरातीको राजीनामाको माग गर्दै उनीहरूले संसद् भवन घेराउ भन्दै विरोध प्रदर्शन गरेका छन् ।

मन्त्री किरातीको अभिव्यक्तिको विषयलाई लिएर सामाजिक सञ्जालमा पनि आलोचना भइरहेको छ ।