Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

गृहमन्त्री श्रेष्ठले सुन तस्करीको संरक्षण गरेको रबिको आरोप


चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ आफैँले सुन तस्करीको संरक्षण गरेको आरोप लगाउनुभएको छ ।

आज चितवनका नारायणगढमा पत्रकारहरुसँग कुरा गर्दै उहाँले आफूले सुन तस्करहरुको प्रमाण दिँदा पनि कारबाही नगरेर गृहमन्त्री आफैँले तस्करको संरक्षण गरेको आरोप लगाउनुभएको हो । उहाँले सुन तस्करीको प्रमाण आफूले सिंहदरबारस्थित गृहमन्त्रीकै क्याबिनमा पुगेर देखाएको दाबीसमेत गर्नुभयो ।

सभापति लामिछानेले एक सहकारीसँग आफूलाई जोडेर आएको समाचारमा कुनै सत्यता नरहेको पनि दाबी गर्नुभएको छ ।