Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

ओली र प्रचण्डदेखि डराउँछन् कार्यकर्ता, देउवा मञ्चमै थर्काउने (भिडियोसहित)

यी नेता छउँजेल पार्टी बन्दैन


काठमाडौँ – राजनीतिक व्यवस्था परिर्वतन भएपनि जनताको अवस्था परिवर्तन हुन नसक्दा निराशा र आक्रोश चुलिँदो छ । देश र जनताको मुहार फेर्छु भन्ने नेताहरू निहीत स्वार्थमा भुलिदा जनताको आशा र भरोसा टुट्दो छ । शीर्ष नेताहरूप्रति जनआक्रोश बढ्दासमेत उनीहरू भने आत्मरतिमा रमाइरहेका छन् । पुराना मात्रै होइन, नयाँ दलका नेताहरूमाथि समेत जनआक्रोश पोखिन थालेको छ । शीर्ष नेताहरूको गुनासो पनि कम छैन ।

नेपालीमा एउटा भनाइ छ काहीँ नभएको जात्रा हाडीगाउँमा, अहिले राजनीतिमा ठ्याक्कै यस्तै चलिरहेको छ । आम सर्वसाधारणले आफूले मत दिएका नेताले आफूहरूको निमित्त काम नगरेको गुनासो छ भने तिनै नेताहरू नेतृत्वमा पुग्न नपाएको गुनासो गरिरहेका छन् । नेतृत्वमा पुगेका नेताहरूको भने कार्यकर्ताले आफूहरूको प्रचारप्रसार नगरेको भन्दै आक्रोश पोखिरहेका छन् । सार्वजनिक मञ्चमा नेताहरूले नेतृत्वलाई र नेतृत्वले नेताहरूसँग गुनासो गर्नु कुनै नौलौ कुरो रहेन । आफूहरूलाई ठूलो दल बनाउँदा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरुले देशको कार्यभार पालैपिलो सम्हालिरहेका छन् ।

तर पनि आम जनताको समस्या सुल्झाउनुको सट्टो आफूहरूको तारिफ नेता कार्यकर्ताले नगरेको भन्दै आक्रोश पोखिरहेका छन् । उमेरले बुढौली लागेका शीर्ष नेताहरू पनि सत्ताको कुर्सी देखेपछि ठिटो जोस जाँगर देखाउने प्रवित्ति नेपालमा मौलाउँदै गएको छ । लोकतन्त्रको हिमायती भन्ने नेपाली कांग्रेसका कार्यकर्ताले पनि आफ्नो सभापति शेरबहादुर देउवाले पार्टी सञ्चालन गर्न नसकेको आरोप लगाइरहेका छन् भने, देउवाले पनि नेता कार्यकर्ताले तल्लो तहसम्म संगठन बलियो बनाउन नसकेको आक्रोश पोखिरहेका छन् ।

हुन त देउबा धेरै बोल्दैनन् बोलिहाले पनि झर्केर र चर्केर बोल्नु उनको विशेषता नै हो । कार्यकर्ता र शुभेच्छुकले देउवाको यो प्रवित्तिलाई रुचाएका छैनन् । आफूलाई हिजोको दिनमा सुप्रिमो नामले चर्चित रहेका पुष्पकमल दाहाल प्रचण्डको पनि नेता कार्यकर्तासँग सही नसक्नुको गुनासो छ । प्रचण्डले पहिलो र दोस्रो कार्यकालमा काम गर्न नसकेको भन्दै आलोचना गर्नेहरू तेस्रो कार्यकालमा पनि गर्छु भनेका कामहरू भाषणमा मात्र सिमित रहेको भन्दै आम सर्वसाधारणले आलोचना गरिरहेका छन् । आफूलाई सर्वहारा जनताको नेता हुँ भन्ने प्रचण्डले सत्ता सम्हालेको एक वर्ष हुनै लाग्दा आलोचनाको चुलिदो छ । तर, प्रचण्ड आलोचना सुन्न तयार छैनन् । प्रचण्डले सार्वजनिक मञ्चबाटै आफूले देश र जनताका लागि धेरै काम गरेको तर, नेता–कार्यकर्ताले आफूले गरेको काम जनतासम्म पु¥याउन र प्रचार प्रचार गर्न नसकेको भन्दै गुनासो पोखिरहेका छन् ।

सत्तारुढ दलका प्रमुख नेता देउवा र प्रचण्डको मात्रै होइन, प्रमुख प्रतिपक्ष दल एमालेका अध्यक्ष केपी शर्मा ओलीको गुनासो पनि कम छैन । ओलीले पार्टी कार्यक्रम गर्दा ब्यानरमा आफ्नो बाहेक अरूको फोटो राख्न नपाइने गरि निर्णय नै गराए । सडकमा केपी बा आइ लभ यू को नारा गुन्जिदा पनि ओलीलाई अझै आफ्नो प्रचारप्रसार नपुगेको गुनासो गर्छन ।

देश र जनताको मुहार परिवर्तन गर्छु भन्दै सपथ लिएर पटकपटक सत्ता आरोहण गरेका नेताहरूले देश र जनताको मुहार परिवर्तन गर्न सकेका छैनन् । अपेक्षित काम नभएपछि जनआक्रोश चुन्छि । तर, शीर्ष नेताहरू आफ्नो आलोचना रुचाउँदैनन् । पार्टी कार्यकर्ताले आलोचकको मुख थुनुन र आफ्नो प्रसंशा गरिरहनु भन्ने सामान्ती चिन्तन शीर्ष नेतृत्वमा देखिन्छ । जनताको चरम निराशा र गुनासोकै कारण नेताहरूले नेताहरूमाथि आक्रमणको प्रयाससमेत हुँदै आएको छ । पुराना दलका नेता मात्रै होइन, नयाँ दलका नेताहरूसमेत जनताको निशानामा पर्न थालेका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिले रवि लामिछानेमाथि सार्वजनिक मञ्चमै खोया प्रहार भयो । जुन जोगी आए पनि कानै चिरेको भनेजस्तै जुनसुकै व्यवस्था र नेता आएपनि जनताको अवस्थामा परिवर्तन आउन सकेको छैन । राजनीतिक नेतृत्वले अझै पनि कार्यशैली परिवर्तन नगर्ने हो जनआक्रोश विद्रोहमा परिणत भइ अहिलेका नयाँ–पुराना सबैलाई विस्थापित गर्ने दिन नआउन भन्न सकिन्न ।