काठमाडौं — बुटबल लुम्बिनी एफसीसँग पराजित भएसँगै वीरगञ्ज युनाइटेड नेपाल सुपर लिग (एनएसएल)को प्ले अफमा पुग्न असफल भएको छ ।
आज भएको खेलमा बुटवलले वीरगञ्ज युनाइटेडलाई १(० गोलले स्तब्ध पारेको हो । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा बुटवलका लागि इन्जुरी टाइममा चन्दन दासले निर्णायक गोल गरे ।
लिगको आफ्नो अन्तिम खेलमा जितसँगै बुटबल १० अंकका साथ पाँचौं स्थानमा उक्लिएको छ । हारसँगै वीरगञ्ज ८ अंकसहित आठौं स्थानमा रहृयो । जबकि यो खेल जित्न सकेको भए ११ अंकका साथ प्ले अफको होडमा रहने थियो ।
पोखरा थन्डर्स क्वालिफायरमा पुगिसकेको छ भने धनगढी प्ले अफमा पुगेको छ । अब आज साँझ हुने काठमाडौं र ललितपुरको खेलले प्ले अफमा पुग्ने बाँकी दुई टोलीको टुंगो लाग्नेछ ।
५ बजे हुने खेलमा काठमाडौंलाई हराएमा ललितपुर क्वालिफायरमा पुग्ने छ भने धनगढीसँगै झापाले इलिमिनेटर खेल्नेछ । ३ भन्दा कम गोल अन्तरले ललितपुरलाई हराए काठमाडौंले इलिमिनेटर खेल्नेछ भने झापा बाहिरिनेछ ।
बराबरीले धनगढी क्वालिफायरमा पुग्ने छ भने ललितपुर र झापाले इलिमिनेटर खेल्नेछ । दुवै अवस्थामा काठमाडौं बाहिरिनेछ ।
प्रतिक्रिया