Breaking

देश संकटमा छ, कांग्रेसले नेतृत्वदायी भूमिका खेल्नुपर्छ : देउवा


काठमाडौँ — नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेबहादुर देउवाले राष्ट्र संकटपूर्ण अवस्थामा उभिएको बताउनु भएको छ ।
आज कांग्रेसको बाग्मती प्रदेश सम्मेलनलाई सम्बोधन गर्दै सभापति देउवाले संकटपूर्ण अवस्थामा सबै एकतावद्ध हुनुपर्ने बताउनु भएको हो ।

नेपाललाई समावेशी, समानुपातिक व्यवस्थामा पुर्‍याउन महत्त्वपूर्ण भूमिका खेलेको कांग्रेसले यो संकटको बेला नेतृत्वदायी भूमिका खेल्नुपर्ने सभापति देउवाले बताउनु भयो ।

सबै क्षेत्रमा आदिवासी, जनजाति, दलित, अपाङ्ग सबैको प्रतिनिधित्व हुने व्यवस्था भएकाले यो व्यवस्था अत्यन्त महत्त्वपूर्ण रहेको उनहाले बताउनु भयो ।

उनहाले कांग्रेसलाई अझै सुदृढ गर्न र यसलाई ग्रास लेभलबाटै पूर्ण रुपमा प्रतिवद्ध गराइ बलियो बनाउन लाग्न पनि नेता कार्यकर्ताहरूलाई आग्रह गर्नुभयो ।