काठमाडौँ – ‘सीताराम’ विवाह पञ्चमी मेलामा आएका श्रद्धालुभक्तजनलाई लक्षित गरी दुई दिन जकपुर-जयनगर सेवा तालिकाबिना सञ्चालन हुने भएको छ ।
सोमबार बेलुकासम्मका लागि जनकपुरदेखि भंगहासम्म सञ्चालन भएको रेल सेवासमेत रेल्वे कम्पनीले स्थगित गरेको छ ।
कम्पनीका प्रबन्धक निरञ्जन झाले आइतबार नै एक सूचना जारी गर्दै भंगहा खण्डमा रेल सेवा स्थगित गरेको जानकारी गराएका हुन् ।
सूचनामा अगाडि लेखिएको छ, ‘।मिति २०८०/०९/०३ गते बिहान भंगहाबाट जनकपुरतर्फ आउने रेल सेवा स्थगित गरिएको हुँदा यसबाट यात्रुमहानुभावहरुलाई पर्न जाने असुविधाको लागि क्षमापार्थी छौ, साथै मिति २०८०/०९र०३ गते बेलुकादेखि जनकपुर भंगहा खण्डमा पूर्ववत् नियमित रुपमा रेल सेवा संचालन हुने व्यहोरा समेत सम्बन्धित सबै पक्षको जानकारीका लागि अनुरो छ ।’
प्रतिक्रिया