राजनीति

राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गराउन सफल भयौं : अध्यक्ष लिङ्देन


राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले आफ्नो पार्टीले राज संस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको माग राख्नु असंवैधानिक होइन भन्ने कुरा स्थापित गराउन सफल भएको दाबी गर्नुभएको छ ।

आजबाट काठमाडौंमा शुरु भएको पार्टी केन्द्रिय कार्य समिति बैठकको उद्घाटन गर्दै उहाँले सो कुरा बताउनुभएको हो । अध्यक्ष लिङदेनले निर्वाचन आयोगसँग कडा प्रतिवाद गरेपछि पार्टीको विधानमा पनि राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापनाको पार्टीको मागलाई स्थापित गराउन सफलता हात परेको पनि बताउनु भयो । उहाँले आफ्नो पार्टीलाई नेपाली राजनीतिमा उपेक्षा गर्न नमिल्ने शक्तिको रुपमा स्थापित गराउने काम समेत भएको बताउनु भयो ।

अध्यक्ष लिङदेनले विगतमा निर्वाचनमा अपेक्षा अनुसार परिणाम हात नपारेपनि आफ्नो पार्टीले अग्रमगनको बाटो तय गर्दै अघि बढेको दोहो¥याउनु भयो ।।