Breaking

पाँचथरको चिवाभञ्ज्याङ पुगेर एमालेको संकल्प यात्रा सकियो


पाँचथरको चिवाभञ्ज्याङ पुगेर नेकपा एमालेको संकल्प यात्रा सकिएको छ ।

पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित सकल्प यात्रा अध्यक्ष केपी शर्मा ओलीले चिवाभञ्ज्याङमा राष्ट्रिय झण्डा फहराएर अभियानको समापन गर्नुभएको हो । संकल्प अभियान गत १४ मंसिरमा बैतडीको झुलाघाटबाट सुरु भएको थियो । १८ दिनको मध्यपहाडी लोकमार्गको यो यात्राले देशमा विद्यमान विभिन्न समस्या समाधान गर्न एमाले सक्षम छ भन्ने सन्देश प्रवाह गरेको अध्यक्ष ओलीले दाबी गर्नुभयो ।

उहाँले यात्राका समयमा संकलन भएका सुझाव र समस्याहरूलाई समीक्षा गर्दै समाधानका लागि एमालेले प्रयत्न गर्ने प्रतिबद्धता गर्नुभयो । वर्तमान सरकार शान्ति सुरक्षा र विकासका लागि असफल भइसकेको दाबी गर्दै अब एमाले देशको दरिलो शक्तिका रुपमा स्थापित हुने उहाँले दाबी गर्नुभयो ।।