Breaking

दुुर्गा प्रसाईँदेखी प्रचण्डले जनता झुुक्याए, लिङ्देनको राजा फर्काउने नाटक सुरू (भिडियोसहित)

सोझा जनता सबले झुुक्याउने


काठमाडौँ – नेपालमा आफ्नो माग सिद्ध गर्न मात्रै सडकमा मान्छे उतारे पुग्छ । एकाध मुद्धा बाहेक त्यस्ता अनेक मुद्धा छन्, जुन असन्तुष्ट पक्षको माग आन्दोलनकै कारण टुंगोमा पुगेको छ । तर, अनेकन बहाना र आश्वासनमा आन्दोलनकारीलाई सडकमा उतार्ने अनि आफ्नो स्वार्थपूर्ति भएसँगैसोझासाझा नागरिकलाई बेवास्ता गर्ने परिपार्टी देशमा मौलाउँदै गएको छ ।

हात्तिको देखाउने र चपाउने दाँत फरक हुन्छ भने झै आन्दोलनको अगुवाई गर्नेहरुको रुप पनि झण्डै–झण्डै दुई रङको देखिन्छ । सोझा नागरिकलाई आश्वासनको पुलिन्दामा जकडेर भ्रमको खेति मार्फत अगुवाले शासक तर्साउने परिपाटी शहरमा बढ्दै छ ।

आन्दोलनको उद्देश्य र आफ्नो भित्री स्वार्थ छुट्टै भए पनि बाहिर भने जे बिक्छ आमजनता सामू त्यही नै एजेण्डा बनाएर जनतालाई आन्दोलनको नाममा लपेट्दै छन् । पछिलो समय व्यवशायी बाट महाअभियान्ता बनेका दुर्गा प्रसाईँ पनि त्यसको एउटा नमुना हुन् । फलतः शासक तर्साउन जनतालाई मोहोरा बनाउँदा नागरिकको पीडामा मलम हैन नुनचुक छरिएको छ ।

आन्दोलनको हवाला दिँदै जनतालाई सडकमा उतार्ने अनि आफ्नो दुनो सोझ्याउने परिपार्टी बढ्दै जाँदा वास्तविक पीडितले सास्ती भोग्नु पर्ने अवस्था सिर्जना भएको छ । व्यवस्था परिर्वतनसँगै बैंकको ऋण मिनाहा हुने आश्वासनमा देशको कुनाकाप्चाबाट राजधानीको सडकमा उतारेका आम नागरिक हप्ता दिन काठमाडौंको चिसो सडकमा चिच्याएर थाकेपछि निराश हुँदै घर फर्कन बाध्य भए ।

त्यस्तै मीटरब्याजी र लघुवित्त पीडितलाई आफ्नो आन्दोलनमा सामेल हुन आह्वान गरेका प्रसाईं अहिले मौन छन् । प्रसाईंमात्रै होइन पछिल्लो केही समययता आन्दोलन गर्ने र तुहिने क्रम चलिहरको छ ।

कर्मचारीहरूको आन्दोलनले पनि यही नियती भोगिरहँदा विद्यालय शिक्षक विधेयकको विरुद्धमा देखिएको शिक्षकहरूको आन्दोलनमा राहत शिक्षकलाई दिएको धोका होस्, वा उखु किसानहरूको आन्दोलनमा उद्योगी र सरकारले गरेको हेपाहा प्रवृत्ति नै किन नहोस् आन्दोलनको नेतृत्व गर्नेले बिच बाटोमै साथ छोड्दा सोझा नागरिक मोहोरा बन्ने गरेका छन् ।

बेसाहारालई साहारा दिन्छु भनेर आन्दोलनको नाममा सोझासिदा जनतालाई उचाल्ने पछार्ने गर्दा आन्दोलन निश्चित व्यक्तिका लागि मात्रै उपयोगी बनेको छ । असन्तुष्टि बढेर एकले अर्काको साहारा खोज्दा भिड देखाएर टाठाबाठाले नागरिकलाई सौधाबाजीको माध्यम बनाईरहेकाछन् । अब फेरि धर्म, राजा र जनजीविकाको मुद्धा भन्दै राप्रपा आन्दोलनको नाममा जनता झुक्याउने तयारीमा छ । श्रम र जनवर्गीयका नेता हुँ भन्दै पुँजीवादको खिलाफ आवाज उठाएका प्रचण्डको नातीनीको इंगेजमेण्ट र करोडौ खर्चमा तारे होटेलमा गरेको विवाहले पनि असली मुखुण्डो बाहीर आएको छ ।
माओवादीको सुप्रिमो बन्दै गणतन्त्रको विगुल फुकेका प्रचण्ड आन्दोलनकै कारण सत्ताको नेतृत्वमा पुगे । तर, अहिलेको व्यवस्थामाथि प्रहार हुनुमा नेतृत्वको हिसावले अंशियारी भएका उनै प्रचण्ड गणतन्त्र संकटमोचनका लागि भन्दै सकडमा जाने भनेर कुर्लिरहेकाछन् ।
यही स्थितिबाट काम चल्दैन, विकल्प खोज्नु पर्छ भन्नेहरू धेरै छन् । सुशासन र व्यवस्था व्यवस्थित हुनुपर्छ भनेर नेतृत्व गर्नेहरूले राज्यसत्तालाई दवाव दिए पनि आफ्नो स्वार्थपूर्तिपछि मौन बस्दा आश्वासन पाएर आन्दोलनमा आएका आन्दोलनकारीहरूसँग पीडा सहनु बाहेक अरु उपाय छैन ।
बाइट…डा.शान्तराज शर्मा न्यौपाने,विकास विशेषज्ञ
नेपालमा आन्दोलनकै कारण ठूलाठूला राजनीतिक परिवर्तनहरू भएका छन् । राणा हुँदै पञ्चायती र राजतन्त्रलाई मासनघाटमा पुर्‍याएको आन्दोलन नै आफ्नो माग पुरा गर्ने अन्तिम र सशक्त विकल्प हो । तर, आन्दोनलको नेतृत्व गर्नेको स्वार्थका कारण आन्दोलन शब्द नै अहिले बदनाम बन्दै गएको यथार्थ पनि हो ।

सोझासाझा जनतालाई विभिन्न आश्वासनमा उतारेर परिवर्तन गरेको हुंकार दिने नेताहरूले आफ्नो कुर्सीको स्वार्थ सिद्ध भएसँगै आम नागरिकको मुद्धा बिर्सिएका छन् । पहिले नेपाली राजनीतिक दलहरूले मोहोरा बनाउँदै आएका जनतालाई अहिले पनि कहिले सांगठनिक समूह त कहिले कुनै व्यक्तिले आफ्नो चालको गोटीका रुपमा प्रयोग गरिरहेकाछन् ।