काठमाडौँ – नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज डबल हेडर हुँदैछ । सुपर स्याटर्डेमा आज दुई खेल हुनेछ । पहिलो खेल वीरगंज युनाटेड र पोखरा थण्डर्सबीच हुनेछ । यो खेल त्रिपुरश्वरस्थित दशरथ रंगशालमा दिउँसो १ बजे हुनेछ ।
अब लिग चरणको अन्त्यतिर आइपुगेकोले आजको खेल शीर्ष चारमा रहेर प्लेअफमा पुग्नका लागि दुवैलाई महत्पूर्ण हुनेछ ।
पोखरा ५ खेलबाट ८ अंकसहित चौथो स्थानमा छ । आजको खेल जितेमा पोखराले शीर्ष स्थानको धनगढीसँग अंक बराबरी गर्नेछ ।
उता अघिल्लो खेलमा इलामलाई हराएर पहिलो जित निकालेको वीरगंका लागि प्लेअफ पुग्ने हो भने आजको खेल जित्नैपर्नेछ । पराजित भएमा वीरगंजको प्लेअफ यात्रा कठिन बन्नेछ । यस्तै आजको दोस्रो खेलमा एफसी चितवन र स्पोर्टिङ इलामबीच हुनेछ । यो खेल दशरथ रंगशालमा साँझ ५ बजे सुरु हुनेछ ।
चितवन ६ खेलबाट पाँच अंकसहित सातौँ स्थानमा छ भने इलाम उति नै खेलबाट ४ अंकसहित पुछारमा छ । प्लेअफ पुग्ने झिनो सम्भावना कायम राख्न चितवनलाई जितको विकल्प छैन । चितवनले प्लेअफ पुग्न अब बाँकी दुई खेल जितेर मात्र पनि पुग्न अन्य टोलीको नतिजामा पनि भर परर्नुपर्छ ।
उता चार खेल हारिसकेको इलामको भने प्लेअफ पुग्ने सम्भावना लगभग सक्किसकेको छ । प्रशिक्षक मेघराज केसीले अघिल्लो खेलमा वीरगंजसँग हारपछि आफ्नो सम्भावना सकिएको बताएका थिए । आज पराजित हुने टोली औपचारिक रुपमै प्लेअफ होडबाट बाहिरिनेछ ।
प्रतिक्रिया