Breaking

शेखर– गगनलाई देउवाको लोप्पा, खोले फायर, महासमिति सारे, बैठकमा बोल्न सकेनन्


काठमाडौँ फुटेको कांग्रेसइतर पक्ष एक हुँदै संस्थापनसँग लड्ने निर्णयमा पुग्दा सभापति शेरबहादुर देउवा आक्रमक बनेका छन् । सो पक्षले संसदीय दलको नेता नै फेर्न तथा महासमिति बैठक समयमै गर्न दबाब दिने तयारी गर्दा देउवाले पेलेरै अघि बढ्ने रणनीति लिएका हुन् । फलत ः महासमिति बैठक नै पछि धकेलेर उनले दिन खोजेको सन्देश के हो त ?

पार्टी केन्द्रीय कार्यालय सानेपामै गुट चलाउने ठाँउ दिदाँ पार्टी प्यालेस र सामाजिक सञ्जाल रोजेकाविरुद्ध कांग्रेस सभापति शेरबहादुर देउवा आक्रामक देखिएका छन् । विगतमा पनि कहिले सुध्रिए जस्तो गर्ने तर मौका पाउना साथ पेल्ने गरेका देउवा, डा. शेखर कोइराला गुट एक हुदाँसमेत हच्किएका छैनन् । राष्ट्रिय सभामा भाग खोज्न उनीहरु एक भएको बुझेका देउवाले पेलेरै जाने रणनीतिको संकेत महासमिति बैैठक सारेर गरेका हुन् । हुन त गुट एक भएको सन्देश दिन कोइरालाले महामन्त्री गगन थापाकै लागि बैठक एकदिन पर सारेका थिए । यता थापा पनि सभापति शेरबहादुर देउवाको तर्फबाट तारन्तार फोन आइरहेकै अवस्थामा बुधबार भएको बैठकमा सहभागी भए । जहाँ छिटो निस्किने भन्दै आफ्नो धारणा राखेका थापाले संसदीय दलको नेता परिवर्तन गर्न कोइरालाको नाम प्रस्ताव नै गरे ।

जसले कोइराला निकट नेताहरूमा उत्साह थप्दा देउवाको विकल्प खोज्न अगुवाइ गर्ने प्रस्तावमा कोइरालाले पनि मन्जुरी दिएका छन् । जसको संकेत गुट एक ढिक्का भएको मात्र नभएर देउवामाथि दबाब बढ्ने कोइराला निकट नेताहरुको विश्वास छ । यसलाई महासमिति बैठक सार्नेसंकेत गरेपछि देउवाविरुद्ध मोर्चा बन्दी गर्न आफ्नो समूहलाई बलियो बनाउने प्रयासका रुपमासमेत व्याख्या गरिएको छ । तर उनीहरुको यो मोर्चाबन्दी फागुन २० गते राष्ट्रिय सभाको रिक्त २० सदस्यका लागि हुन लागेको निर्वाचन केन्द्रित रहेको बुझाइमा देउवा छन् ।

त्यस्तै राष्ट्रिय सभाको निर्वाचनपछि सभापति देउवा र प्रधानमन्त्रीबीच सरकार पुनर्गठन गर्ने सहमति भएको खबर पनि बाहिरिएका छन् । सरकारमा पनि कोइराला समूहले आफ्नो भागका लागि दबाब बढाउने सक्ने देखिन्छ । फलत ः यस पटकको शेखर-गगनको पुनर्मिलन पार्टीमा हस्तक्षेपभन्दा पनि भागबण्डामा आफ्नो भाग बढाउन केन्द्रित हुने उद्देश्यले प्रेरित रहेको कांग्रेस वृत्तमा चर्चा भइरहेको छ । उनीरुको लक्ष्य र गर्न सक्ने विद्रोहको ख्याल पाएका देउवामा महासमिति सार्दासमेत हुने आलोचना यसैमा समेटिने आत्मविश्वास भएको पछिल्लो निर्णयले संकेत गर्छ ।

यसअघि नीति अधिवेशनसमेत गर्ने गरी हुन लागेको महासमिति बैठकमा ०८२ मा महाधिवेशन सुनिश्चित हुने गरी प्रस्ताव तयार गर्न दुवै महामन्त्री लागेको दावी गरिएको थियो । त्यस्तै दुवैले प्रस्तावमा निर्वाचन पूर्व गठबन्धन नगर्नेसहित यसअघि महामन्त्रीद्वयले प्रस्ताव गर्दै आएका पार्टी रूपान्तरणका विषय समेटेर ठोस दस्तावेज र दृष्टिकोण दिने तयारी भएको बताइएको थियो ।

यसले उनीहरुको तयारी देउवालाई अझै कस्नेतर्फ केन्द्रित भएको देखिँदा शेखर र गगन अलग हुँदा अलि सहज महसुस गरेका सभापति देउवाले दुवैको पुनर्मिलनपछि दबाब भने महसुस गर्ने कोइराला समूहमा विश्वास देखिन्थ्यो । त्यसमा तुषारापात भएको अहिलको अवस्थामा नेता शंकर भण्डारीसमेत यसलाई उचालिने तर भागबन्डामा मिल्ने उदाहरणको उपज मान्छन् । गठबन्धन नमान्ने तर त्यसैले प्राप्त हुने पदमा भाग खोज्नेदेखि लोकप्रिय बाटोमा नेताहरु लाग्दा त्यसले परिणाम नदिने उनको बुझाई छ । पार्टीको आधिकारि फोरम भन्दा बाहिर चिच्याएर र सभापतिलाई गाली गरेकै भरमा स्थापित हुने बाटोमा नेताहरु लागको भण्डारीको भनाइले समेत संस्थापन पक्षको बुझाई प्रष्ट भएको छ ।

कोशीको विद्रोहले केही हच्किएका देउवा त्यसलाई स्वीकार्न बाध्यसमेत बनेका थिए । जसले गठबन्धन परिवर्तनसम्मकै चर्चा सुरु हुदाँ त्यो विद्रोहलाई निरन्तरता दिन यो गुटले सकेन । बरु गगनले नै यसमा साथ नदिँदा उनले अघि सारेको रुपान्तरण र पुस्तान्तरणको नारा शेखर मान्न तयार छैनन् । उनीहरुमा देखिएको यहि रस्साकस्सी मज्जाले नियालेका देउवा त्यसैमा खेल्दा कांग्रेसमा इतर गुटको हल्लाखल्ला सामाजिक सञ्जाल तताउने भन्दामाथि नहुने पक्का छ ।