Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

महानगरको छड्के : सुर्ती किन्ने र बेच्ने नै फन्दामा, व्यापारी भन्छन्–चुरोट नबेचे चिया बिक्दैन (भिडियोसहित)


काठमाडौं – काठमाडौँ महानगरपालिकाले सुर्तीजन्य पदार्थको भण्डारण, बिक्री वितरण र प्रयोगलाई पूर्ण प्रतिबन्ध लगाएको छ । महानगरभित्र सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेचेको थाहा पाए पसल नै बन्द गर्ने चेतावनी दिएको महानगरले बिहीबारदेखि पसलहरुको अनुगमनसहित जफल नै गर्न थालेको छ । महानगरले अघि सारेका अभियानहरु आफैँमा उदाहरणीय भए पनि कार्यान्वयन पाटो कमजोर देखिन्छ । स्वच्छ महानगरको संकल्पसहित काठमाडौँ महानगरले अघि सारेको सुर्तीजन्य पदार्थ प्रतिबन्ध लगाउने योजना कति प्रभावकारी होला आम चासो बनेको छ ?

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह बालेनको नजर सडक–फुटपाथ हुँदै अहिले महानगरभित्रको पसल पसलमा पुगेको छ । बालेनको प्रहरी बल महानगरभित्रका मुख्य चोकदेखि कुना काप्चाका गल्ली गल्लीमा रहेका साना–ठुला खुद्रा किराना पसलहरु चाहार्न थालेको छ । पसलमा सूर्तिजन्य पदार्थ भए नभएको सोदी–खोजी गर्नेदेखि पाइएमा जफत नै गरिरहेका छन् । मसिर १२ गते खैनी, गुट्खा, पान पराग वा यस्तै मुखमा राख्ने रस लिने वा सेवन गर्ने सुर्तीजन्य पदार्थहरुको बिक्री वितरण निषेध गर्ने गरी १५ दिने सूचना जारी गरेको महानगरले मंसिर बिहीबारदेखि उक्त निर्णय कार्यान्वयनमा ल्याएको हो ।

धुम्रपान तथा सुर्तीजन्यवस्तुको प्रयोग तथा विक्रि वितरणमा पूर्ण रोक लगाउन काठमाडौ महानगरले १०–१० जनाको पाँच टोली परिचालन गरेको छ । सादा पोशाकमा समेत नगर प्रहरी परिचालित छन् । व्यापारीहरुले महानगरको निर्णयलाई कतै समर्थन त कतै विरोध गरेका छन् । कसैलाई व्यापार घट्ने चिन्ता छ त कसैलाई महानगरको निर्णय मन परेको छ । पसलहरुमा विक्रीमा रोक लगाउने भन्दा पनि वितरण नै गर्न रोक लगाउनु पर्नेहरुको भनाई छ ।

काठमाडौको फोहोर व्यवस्थापन मुख्य एजेन्डा बनाएर चुनाव लडेर अपत्यारिलो ढंगले चुनावी नतिजा ल्याएका मेयर बालेनका अधिकांश योजनाहरु पनि अपत्यारिलो नै हुने गर्दछ । काठमाडौमा फुटपाथ व्यापारीको विस्थापन गर्ने महानगरको निर्णय अपत्यारिलो थियो तर उनी सफल भए । अवैध संरचना हटाउन बालेनको डोजर क्रान्ति पनि केही सफल नै मानिन्छ । वेथितिले बेरिएको काठमाडौलाई धेरथोर थितिमा ल्याउन बालेन सफल भएकै छन् तर काठमाडौको फोहोर व्यवस्थापनले बालेनलाई गिज्याई रहेकै छ । सुकुम्बासी बस्तीको सकस जस्ताको त्यस्तै छ । टुकुचा खोला खोज्ने, बाग्मती खोला खोल्नेदेखि आफैले भत्काएका संरचनाको निर्माण र व्यवस्थापनमा बालेन उदासिन बनिरहेका बेला उनको सूर्तिजन्य पदार्थमाथिको प्रतिबन्ध आफैँमा कम चुनौतीपूर्ण छैन ।