Breaking

छोरी गंगा फसेपछि चिन्तामा प्रचण्ड, बढ्दै चौतर्फी घेराबन्दी (भिडियोसहित)

झनझन् बदनाम माओवादी


काठमाडौँ – आफ्नो इतिहासमै लामो कार्यकाल सत्ता चलाएको भन्दै खुसी भइरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पहिलो पटक प्रत्यक्ष प्रहारमा परेका छन् । यसअघिका काण्ड आप्mना नेता,पार्टीसम्म आइपुग्दा बचाउ गर्दै सन्तुलनको राजनीति गरेका उनलाई त्यतिबेला फाइल खोलेको जससमेत थियो । तर एनसेल काण्डले घरभित्रै छोएको छ भनेप्रतिरक्षा गर्नेहरुसमेत पछि हट्ने अवस्था सिर्जना हुदाँ अहिले प्रचण्ड एक्लै घेराबन्दीको सामना गरिरहेका छन् ।

कहिले ठूला दललाई कजाउन सक्ने तथा कहिले चुनौतीको चाङमा रहेको विश्लेषणका बिच सिहंको सवारी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड घेराबन्दीमा देखिएका छन् । पार्टि र आफू दुवै बन्न नेतृत्व आवश्यक रहेको भन्दै एमाले रोज्ने रिस्क लिएका उनले त्यसपछिका कदम सतर्कताका साथ चाले । फलत : दुई महिनामै कांग्रेस रोजेको दोषसमेत भ्रष्टाचारको फायल खोलेर पखालेका उनले केहि गर्ने नै लक्षणसमेत देखाएका थिए । तर काण्डहरुमा पक्षधरता देखाएको आरोप खेपेका उनको वास्तविकता भने सुन प्रकरणमा देखिएको थियो ।

यो विचमा भारत भ्रमणदेखि न्यायलयले सरकारको निर्णयमाथि डण्डा चलाएका जस्ता विषयले राजीनामाकै माग खेपेका उनले आफ्ना नेता कार्यकर्ता बचाएको आरोप सामना गरेका थिए । कांग्रेसकै नेताले गृहमन्त्रीको राजिनामा माग्नेदेखि गठबन्धन परिवर्तनसम्मकै चर्चा गरेपनि ती सवै नेतालाई अनुसन्धानमा तानेमात्रै बच्न सक्ने अवस्थामा प्रचण्ड थिए । फलत: लोकलाज ढाक्न ललिता निवासमा माधवकुमार नेपाल र डा।बाबुराम भट्टराईलाई साक्षी राख्ने तथा सुन प्रकरणमा कृष्णबहादुर महराका छोरा जेल पठाउने गरेर उनले आफूमाथिको प्रहार रोकेका थिए ।

त्यस्तै समाजवादी मोर्चा बनाएर अंकगणितमा समेत बलियो बनेका उनी पूर्व माओवादी एक बनाउनेसम्मको सपनामै समेत थिए । त्यस्तै पार्टिगत रुपमा देखिएको प्रहार नेतृत्वलाई फकाएर मिलाउने फाईदामा रहेका उनलाई एनसेल प्रकरणले पहिलो चोटी टाउकोमा प्रहार गरेको छ । अर्थात सडकमा भएको व्यवस्था विरोधीदेखि सबै प्रकारका आवाज व्यवस्थापन गरेका उनलाई अहिले उनकी छोरी गंगा दाहाल एनसेल काण्डमा मुछिएको घटनाले झस्काएको छ ।

हुन पनि अहिले उनीमाथि दलगत भन्दा व्यक्तिगत प्रहार बढिरहेको छ । स्वतन्त्र सांसद डा।अमरेश कुमार सिंहले गंगाले गरेको अनुचित लेनदेनको प्रमाण नै आफूसँग रहेको भन्दै प्रधानमन्त्रीको सचिवायलको खण्डलाई चुनौती दिँदै हिँडेका छन् । अमरेश सिंह जतिको व्यक्तिले भनेको विषयलाई अविश्वास गर्ने अवस्थासमेत छैन । प्रधानमन्त्रीकी छोरी हुनु बाहेकको हैसियत नभएपनि गंगाको चुरिफुरी यसै आलोचनाका विषय बन्दा यसअघिका दुर्गा प्रसाई र सुनिल शर्मा भन्दा सिहं भारी परिरहेका छन् । यता प्रचण्डको पारिवारिक मामिला जोडिएपछि प्रतिरक्षा गर्दै आएका माओवादी नेताहरु नै नरम सुनिदाँ उनका प्रमुख राजनीतिक सल्लाकार हरिवोल गजुरेललेसमेत साथ छोडेका छन् । त्यसमाथि पक्राउ पुर्जी जारी भएपछि बिच्किएका नेत्रविक्रम चन्द विप्लव समेत प्रचण्ड विरोधी बाटोमा लाग्दा यसले समाजवादी मोर्चालाईसमेत धरापमा पारेको छ । त्यस्तै कांग्रेसका मन्त्रीहरु नै प्रचण्डप्रति असन्तुष्ट हुँदा कर्मचारीको साथ समेत उनले पाउन सकेका छैनन् ।

यद्यपी प्रचण्ड’ले विभिन्न ढङ्गबाट दुष्प्रचार गरेर जनतालाई भ्रममा पार्ने षडयन्त्र भइरहेको भन्दै आफ्नो बचाउ गरिरहेका छन् । पछिल्लो समय सङ्घीय लोकतान्त्रिक गणतन्त्र नरुचाउने तत्वले सरकार र त्यसको नेतृत्वविरुद्ध अनर्गल, कपोलकल्पित र झुठो प्रचार गरिरहेको उनको तर्क छ । फलत ः यस्ता भ्रामक सूचनाकाविरुद्ध सही र सत्य जानकारी दिएर प्रतिवाद गर्नसमेत उनले पार्टीपंक्तिलाई आग्रह गरेका छन् ।

हुन त सरकार प्रति उठेका प्रश्न माओवादी पार्टीमाथिको प्रश्न नभएको माओवादीनेताहरुको भनाई छ । त्यस्तै पारिवारिक रुपमा उठेका प्रश्नले पार्टिलाई हानी गरेपनि त्यसको जिम्मेवारी प्रचण्डकै हुने भन्दै माओवादी नेताहरु पन्छिने गरेका छन् । तर हिजो राजाको विदेशमा भएका सम्पत्ति ल्याएर जनतालाई बाड्ँनेसम्मको आशा देखाउनेले आफूमाथि लागेको आरोप हाँसेर टार्न सक्ने अवस्था छैन । त्यस्तै आरोप लगाउने साधारण नभई विश्वासयोग्य व्यक्ति नै रहँदा आम नागरिकमा समेत वास्तविकताको चासो बढेको छ । जुन खड्को प्रचण्डका लागि विगतको जति सहज देखिँदैन ।