Breaking

प्रचण्ड-देउवाको मुटु काम्ने अमरेशको प्रमाण, होला त जेलको यात्रा (भिडियोसहित)

अमरेश एजेन्ट कि राष्ट्रवादी ?


काठमाडौँ – प्रतिनिधि सभाका सदस्य अमरेशकुमार सिंहले लगाएका आरोपमाथि प्रधानमन्त्री पुष्पकमल दाहालप्रचण्ड र काँग्रेस सभापति शेरबहादुर देउवाको परिवार मौन छ । जसले अमरेशका आरोप झन् झांगिदै गएका छन् भने आरोपमा सत्यता रहेको बुझाई आमजनमा परिरहेको छ ।

एनसेलको ८० प्रतिशत सेयर स्वामित्व बेच्न बालुवाटारमा तीन महिना रक्सी पार्टी चल्यो । नेपालका टेलिकम माफियालाई बालुवाटारमा बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीन महिनासम्म रक्सी खुवाए ।अहिले एनसेलमा अर्बांैको घोटाला गर्न खोज्नेपनिप्रधानमन्त्री नै हुन् । यो आरोप सामान्य छ त रु तै पनि प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्रीमाथि बारम्बार यो आरोप लगाइरहेका छन् ।

के बालुवाटारमा रक्सी खाएर मुलुकको कार्यकारी प्रमुखले देश बेच्न पाइन्छ रु यसको जवाफ प्रधानमन्त्रीले दिनुपर्ने हो । तर अमरेशको आरोपलाई बल पुग्ने गरीउनी चिरनिद्रामा छन् ।

अमरेशका आरोपहरु थप झाँगिँदै गएका छन् साथै बलियो तथ्यका रुपमा पनि पेस भइरहेको छ । उनको बोली झनझन शक्तिशाली हुँदैछ । देशको आधाभन्दा बढी जनसंख्या नै अमरेशका आरोपमाथि सत्यता देखिरहेका छन् ।अहिले सामाजिक सञ्जालको हिरो र राष्ट्रवादी नेता नै अमरेश बनेका छन् । एनसेल बिक्री काण्डको मतियारका रुपमा प्रधानमन्त्री पुत्री गंगा दाहालको दलिल पेस गरिरहेका अमरेश अब चरम उत्कर्षमा छन् । कि सिद्धिने कि सिध्याउने लाइनमा उनले मुख खोलिरहेका छन् ।
आइतबार फेरि सामाजिक सञ्जाल फेसबुकमा लेख्दै गंगाले व्यापारीसँग पैसा बुझेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘प्रधानमन्त्रीकी छोरी तथा स्वकिय सचिव गंगा दाहालले कुन–कुन व्यापारीसँग कुन–कुन मामिलामा कति रकम बुझेकी छिन, त्यो सबै प्रमाण मसँग सुरक्षित छ । समय आएपछि त्यो सबै प्रमाण जनता र मिडियामा लिएर जानेछु ।’

अमरेशको यो स्टाटसलाई सेयर गर्दै माओवादीकै एक नेताले भनेका छन्, ‘माननीय ज्यू, प्रमाणसहित हप्तादिनभित्र सार्वजनिक गर्नुभएन भने तपाईंलाई सडकमा नांगै पारेर दौडाउन पाई कि नपाई रुयो माओवादी नेताको अमरेशमाथि चुनौती थियो । अर्थात् माओवादीका नेता प्रतिवादमा उत्रिँदा प्रधानमन्त्री र उनकी छोरी गंगा यसबारे मौन छन् । जो आफैंमा शंकास्पद छ । अमरेशले लगाएको आरोप गलत हो भने, प्रचण्ड–गंगाकै हातमा सत्ताको शक्ति छ । झुटो आरोप लगाएको कसुरमा उनलाई जेल हाल्नुपर्छ । नत्र प्रधानमन्त्रीले देशबासीसँग माफी मागेर कुर्सी त्याग्ने ताकत देखाउनुपर्छ । किनकि यो माफियाको राज होइन । अवस्था यही रहे भोलि जनता नै सिंहदरबार घुसेर नांगेझार पार्दै सडकमा पछार्ने छन् । र, मुठ्ठीभरको राज सधैं चल्दैन भन्ने देखाउन बाध्य हुनेछन् ।

अझै पनि तपाईंलाई लाग्नसक्छ अमरेशको यो एउटा मामुली स्टाटसमात्रै हो । तर यो देशको प्रधानमन्त्रीमाथि सिधैं सोझिएको प्रश्न हो । प्रधानमन्त्री नै भ्रष्ट छन् भन्ने चुनौती पनि हो । देश कसरी चलिरहेको छ भन्ने उदाहारण हो । जुन आरोप अमरेशले सत्तामा भएकोे अर्को शक्ति देउवा परिवारमाथि पनि सोझ्याएका छन् ।

शेरबहादुर देउवा नेतृत्वको नेपाली काँग्रेसभित्रको विकृतिबारे अमरेश बोल्न थाले। काँग्रेसले पार्टीबाटै लखेट्यो । सत्तामा दाई भएपनि भाउजुले चलाएको देशमा भ्रष्टाचारमात्रै छ भन्दै संसदमा जंगिने पनि उनी नै भए । कतिसम्म भने, आरजुलाई ‘पम्फादेवी’को आरोप लगाएर धनलक्ष्मी भन्दै गिज्याए । आरजु पुत्रले एनसेलबाट १२ करोड हत्याएको आरोपसमेत खुलमखुल्ला लगाउँदै हिँडिरहेका छन् । तर यो परिवार पनि अमरेशको पछि के लाग्नु भनेर होकी, एनसेलको सामु चुकेर हो, प्रतिवाद गर्ने आँट गरेको छैन ।

प्रचण्ड परिवार र देउवा परिवारमा कस्ता कस्ता माफियाको एक्सेस छ, त्यो सबै अमरेशले फरर पढेर सुनाइदिए । एनसेलका नाममा कसले कति उठाए त्यो पनि भनेकै छन् । अहिले एनसेलको विषयमा कोही राष्ट्रको पक्षमा उभिएर खरो बोलिरहेका छन् भने त्यो अमरेश नै हुन् भन्ने छाप आम नेपालीमा परेको छ । अमरेशले धाराप्रवाह एनसेलमा नेताहरुले कमिशन बुझेको पोल खोल्नु र आरोप खेपेकाहरुले खण्डन नगर्नुले पनि उनको आक्षेपमा बल पु¥याएको छ ।अमरेशले नाङगेझार पारेको देखेर विज्ञहरु पनि समर्थन जनाइरहेका छन् ।

अमरेशको टाउकोका केश झरेर बिचमा मैदानजस्तो तालु परेको छ । भित्ता भित्तामा मात्रै बाँकी उनका रौं ठाडो हुनेगरि उनी हिम्मतका साथ यो विषयमा बोलिरहेका छन् । मानौं उनलाई मात्रै यो देशको चिन्ता छ । सत्तामा भएका प्रचण्ड–देउवा परिवार त यो देशलाई लुट्नमात्रै जन्मिएका हुन् । उनका शब्दसुन्दा त्यस्तो भान पर्छ । तर यति बोल्दा आफुलाई मार्नसक्ने डर उनमा पैदा भएको छ । तर डायरीमा सबैका कर्तुत छुपाएर सुरक्षित गरेका उनले आफु मरेपनि सब फस्ने दाबी गरिरहेका छन् । अहिले आफ्नो सुरक्षामा खटिएका पीएसओलाई गंगाले खोसेको दाबीसमेत अमरेशले गरेका छन् ।

तर अमरेशलाई पनि विगतको उनकै छबिले साथ दिइरहेको छैन । गिरिजादेखि सुशिल कोइरालाका पालासम्म अमरेश भारतका सुत्राधार थिए । भारतीय गुप्तचर एजेन्सी रअसँग मिलेर काम गरेको स्वीकार त उनी आफैँले गरेका थिए । वारीको सूचना पारी, पारीको सूचना वारी गराउने पात्रका रुपमा चर्चित थिए । यसर्थ उनी राष्ट्रवादी कि रअका एजेन्ड शंका गर्ने ठाउँ अझै छ ।

चुनावअघि गगन प्रधानमन्त्री नभई देश बन्दैन भन्ने पनि उनी नै हुन् । हिजो देउवासँग रिसाउँदा गगनलाई प्रधानमन्त्री बनाउने ऐलान गरेका उनले चुनावमा टिकट नपाएपछि काँग्रेस नै छोडे ।सत्ताका सबै शक्तिबाट रिङ आउट भएपछि उनी राष्ट्रवादी मुद्दामा बलियो ढंगले बोल्न थालेका हुन् । एकबर्षअघिमात्रै चुनाव जितेर आएलगत्तै ओली–प्रचण्ड गठबन्धन बनाउन उनी सक्रिय भए । प्रचण्डलाई प्रधानमन्त्री बनाएर शक्तिशाली मन्त्रालयसहित सरकारमा सहभागी हुने उनको योजना थियो । तर स्वतन्त्र रुपमा चुनाव जितेका अमरेशलाई न ओली–प्रचण्ड, न प्रचण्ड–देउवा कसैले मन्त्री बनाएनन् ।बरु उनी संसदमै कपडा खोलेर अर्धनग्न भएको दृश्यले संसदीय रेकर्ड कायम गरेको छ ।

अहिले त्यसकै भडास् निकालेका हुन् कि भन्ने उनको विगतकै भूमिकाले पनि शंका गर्न बाध्य बनाएको छ ।तथापी यो देशमा कानुनी राज छ भने, प्रधानमन्त्री र देउवाका छोराछोरी यो घोटालामा मुछिएका छैनन् भने प्रमाण देखाएर अमरेशलाई जेल हाल्न तयार हुनुपर्छ । किनकि जथाभावी बोल्ने छुट कसैलाई छैन । नत्र आफुसँग प्रमाण रहेको दाबी गर्ने अमरेशले यसरी आरोपमात्रै लगाएर हिँड्नुभन्दा आमजनताका अघि सबै छर्लङ रुपमा पर्दाफास गर्न आवश्यक छ ।नत्र यस घटनालाई कसैसँग बार्गेनिङ अस्त्रका रुपमा उनले प्रयोग गरिरहेका छन् कि भन्नेतर्फ पनि शंका गर्नुपर्ने हुनसक्छ ।