Breaking

यू–१९ एसियाकप : नेपाल अफगानिस्तानसँग पराजित


काठमाडौं । यू–१९ एसियाकपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ ।

नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ९१ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । अर्जुनले १०८ बल खेल्दा १३ चौकाको मद्दतमा ९१ रन बनाए पनि लगातर विकेट जाँदा नेपाल ४०.१ ओभरमा अलआउट भयो । कुमालले नेपालका सबै ब्याट्सम्यानसँग साझेदारी गरे । तर कसैले पनि बलियो साथ दिन सकेनन् ।

२६२ रनको लक्ष्य पछ्याएको नेपालका लागि कप्तान देव खनालले २४, गुल्सन झाले १७, दीपक बोहराले १५ र दिपेश कँडेलले ११ रन जोडे । एसियाकपमा नेपालको यो दोस्रो हार हो । यसअघि शुक्रबार पाकिस्तानसँग नेपाल पराजित भएको थियो ।