नेपाली कांग्रेसका नेता शेखर कोइरालाले आफू पक्षीय नेताहरुको बैठक बोलाएका छन् । कोइरालाले आगामी मंगलबार दिउँसो १ गतेका लागि आफू पक्षीय नेताहरुको बैठक बोलाएका हुन् ।
कोइरालाका स्वकीय सचिव दिनेश थपलियाका अनुसार बैठक बस्ने स्थानबारे टुंगो लागिसकेको छैन । आसन्न महामिति बैठक, राष्ट्रियसभा निर्वाचन लगायतका विषयमा छलफल हुने छ ।
कांग्रेसले आगामी मंसिर १६–१९का लागि महासमिति बैठक तय गरेको छ । यस्तै आगामी माघ ११ मा राष्ट्रिय सभाको निर्वाचन हुँदैछ ।


प्रतिक्रिया