Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

समाज

विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा आधा परीक्षार्थी उत्तीर्ण


नेपाल मेडिकल काउन्सिलले लिएको विशेषज्ञ चिकित्सकको लाइसेन्स परीक्षामा करिब आधा परीक्षार्थी मात्र उत्तीर्ण भएका छन् ।

काउन्सिलले गत शुक्रबार विभिन्न २५ विधामा लिएको परीक्षाको नतिजा आइतबार सार्वजनिक गरेको छ । परीक्षामा सहभागी १८३ मध्ये ९४ जना उत्तीर्ण र ८९ अनुत्तीर्ण भएका छन् । ६ जनाको भने तोकिए अनुसारको परिचयपत्र नल्याएका कारण काउन्सिलले नतिजा रोक्का गरेको छ ।

काउन्सिलका निमित्त रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठ परीक्षामा कुनै अवाञ्छित गतिविधि नभएको बताए । उनले परीक्षाको नतिजामा चित्त नबुझेमा ३५ दिनभित्र पुनर्योगका लागि निवेदन दिन सकिने बताए ।

काउन्सिलले वार्षिक रुपमा तीनपटक विशेष परीक्षा सञ्चालन गर्दै आएको छ । यसअघि, गएको साउन १२ गते लिइएको विशेषज्ञ चिकित्सकको नाम दर्ता परीक्षामा ४८.३३ प्रतिशत उत्तीर्ण भएका थिए ।