Breaking

कांग्रेसमा बढ्दै गुटको भिडन्त, गगन–शेखरकै बोलचाल बन्द, किन भिडे पूर्णबहादुर र प्रकाशशरण ?


काठमाडौँ — कांग्रेसभिको गुट र व्यक्तिगत ईगोको भिडन्त सार्वजनिक कार्यक्रममै देखिन थालेको छ । जहाँ गुटभित्रै पनि भिडन्तको अवस्था छ भने एकले अर्काे सहभागी कार्यक्रम नै वहिष्कारसम्मको हालतमा यो रिईसीवी अघि बढेको हो । जसले कांग्रेसभित्रको परम्परागत धार परिवर्तन भई तिव्र धुव्रिकरणको नयाँ अध्याय सुरु भएको चर्चा हुन थालेको छ, भने देउवाले नै सवैलाई मुसो झै खेलाउने अवसर प्राप्त गरिरहेका छन । अव नसुध्रिए वारम्बार भेट्न नआउने भन्दै धुम्बाराहीमै पुगेरै सभापति शेरबहादुर देउवालाई धम्की दिएका डा.शेखर कोईरालाले कोशीमा विद्रोह गरे ।

संस्थापनकै निर्णयका कारण कांग्रेस गठबन्धनमा गएको भाष्य निर्माण गर्न लागी परेका उनी यसैपनि देउवामाथि खनिदै आएका थिए । त्यसका लागि गुट भेला देखि हरेक कुरामा भाग खोज्दै आएका उनले कांग्रेस एमाले एक हुने हल्लाकै विच कोशीमा विद्रोह गरेका थिए । जसलाई स्वीकार्न देउवा बाध्य बनेपनि उनकै गुटका नेता तथा महामन्त्री गगन थापाको भने उनले साथ पाएनन् । यद्यपी यसअघिबाटै कहिले नजिक त कहिले टाढाको सम्बन्ध भएका उनीहरु आफ्ना गुटका नेता सुनिल शर्मा पक्राउ परेपछि भने मिलेर अघि बढ्ने सहमतीमा पुगेका थिए ।

तर कोशीको कदमबारे नसोधेवाट विच्किएका थापा कोइरालाविच अहिले सम्बादहिनताकै अवस्था छ । त्यसले कांग्रेसभित्र संस्थापन इतर समूह थप कमजोर बन्न पुगेको छ । साथै, कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्मा, प्रदीप पौडेलसमेतलाई जोडेर अघि बढ्ने कोइराला प्रयासलाई कमजोर बनाएको छ ।

उता गुटको कुरा गर्दा त कोईराला उपस्थित कार्यक्रमनै देउवा पक्षीय नेताहरुले बहिष्कार गरेको दृश्य नै वाहिर आएको छ । अर्थात पार्टी विधानअनुसार तल्लो तहबाट सम्मेलन गर्दै जिल्ला सम्मेलन गर्नुपर्ने भए पनि ती सम्मेलन नगरी जिल्ला सम्मेलन गरिएपछि नवपरासीमा भएको विवादमा गुटको गन्ध देखिएको हो । त्यसअघि कोइराला उपस्थित कांग्रेस धादिङ सम्मेलन पनि सभापति देउवा र महामन्त्री गगन थापा पक्षका नेताहरूले बहिष्कार गरेका थिए ।

कात्तिक १८ गते भएको सम्मेलनमा केन्द्रीय सदस्य दिलमान पाख्रिन, भीम ढुंगाना, रमेश धमलालगायत अनुपस्थित थिए भने नवलपरासीमा पनि देउवा निकट देवेन्द्रराज कडेल र विनोद चौधरीलाई वाईपास गरिएको रुपमा हेरिएको छ । फलत ः पार्टीभित्र देखा परेका विवादलाई समाधान गर्ने प्रतिबद्धता जनाएका कोईरालाले असन्तुष्ट नेता तथा कार्यकर्ताहरुलाई जिल्ला सम्मेलनमा सहभागी हुन र पार्टी एकढिक्का रहेको सन्देश दिन आग्रह नै गरेका थिए ।

हुन त संस्थापन पक्षमै पनि वालकृष्ण खाणलाई दाई भन्दै वोक्नेहरुले देउवा दाईले न्याय दिन नसकेको गुनासो गरिरहेका छन । जुन असन्तुष्टिलाई तत्कालिन समयमा गठबन्धन परिवर्तनको चर्चासम्म जोडिएको थियो । अहिले आएर यहि गुटका नेता तथा उपप्रधानसहित रक्षामन्त्रालयको जिम्मेवारी सम्हालीरहेका पूर्णबहादुर खड्का र अर्थमन्त्री डा.प्रकाशशरण महतविचको वेमेल बढ्दो छ । नेपाल आर्थिक पत्रकार समाज को वार्षिकोत्सव कार्यक्रममा शुक्रबार खड्का मुख्य अतिथिका रूपमा सहभागी भएकै कारण महत अनुपस्थित भएको विषयले यसलाई सतहमा ल्याईदिएको हो ।

उनीहरुको तुष तत्कालिन समयमा देउवा वा प्रचण्ड कसलाई प्रधानमन्त्री बनाएर अघि जाने भन्ने विषयले गठबन्धन टुटेको समयबाटै कायम छ । यहि कारण रक्षाका धेरै विषय अर्थमा पेन्डिङ रहेको र दुईजनाविच भनाभन नै भएको खवरसमेत वाहिरिएका छन । जहाँ नेता चन्द्र भण्डारीले त कांग्रेसमा ‘गुट’ ले महामारीको रूप लिएको बताएका छन् । पार्टी भित्र गुटका मान्छेलाई काखी च्याप्ने र इतर पक्षकाविरुद्ध खनिने प्रवृत्तिले निर्वाचनमा अरूको बैसाखी टेक्नुपर्ने आवश्यकता आइपरेको बताएका उनले जनतालाई उत्साहित गर्ने कार्यक्रम ल्याउन कांग्रेसले पहल गर्नुपर्ने बताएका छन ।

यता सिंगो पार्टीकै कुरा गर्ने हो भने १४ औं महाधिवेशनपछिका दुई वर्षमा पार्टी संगठनका आधार र नैतिक मूल्य कमजोर बन्दै गएको छ । केवल सत्ता राजनीतिमा भने अब्बल साबित भएको अवस्थालाई संस्थापन पक्षले देउवाको सफलता मान्दा ईतर गुट भिडिहाल्न सक्ने अवस्थामा छैन । विभाग देखि भातृसंगठनसम्मको हालत खराव हुदाँ रुपान्तरण र पुस्तान्तरणको चर्को नारा दिने नै एक ठाँउमा छैनन् । त्यसमा पनि कहिले लाईभ गर्ने त कहिले वर्तमान महामन्त्री विरुद्ध पुर्व महामन्त्री भिडाउने अनेक अश्त्र अपनाएर देउवाले नै मुसो खेलाए झै खेलाईरहेका छन ।