Breaking

कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि शुरू हुँदै


काठमाडौँ – नेपाली कांग्रेसको लुम्बिनी प्रदेश सम्मेलन आजदेखि बुटवलमा शुरू हुँदैछ।

बुटवल रामनगरस्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा शुरू हुने सम्मेलन दुई दिनसम्म चल्नेछ। सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन कार्यक्रम छ । शनिबार उद्घाटन सत्र तथा आइतबार बन्द सत्र हुनेछ । सम्मेलनमा ६७५ जना प्रतिनिधि सहभागी हुने कांग्रेस प्रदेश सभापति अम्बरसिंह पुनले बताए ।

सम्मेलनमा पार्टीको पुस १६ गते हुने केन्द्रीय महासमितिको नीति अधिवेशनमा सुझाव पेश गर्नेगरी छलफल हुनेछ। त्यस्तै समसामयिक विषय र विधान संशोधनबारे छलफल हुने पुनले बताए। सम्मेलनलाई सभापति देउवासहित नेता शेखर कोइराला, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायत नेताहरूले सम्बोधन गर्ने छन्। उद्घाटन सत्रपछि राजनीतिक प्रतिवेदन, संगठनिक प्रतिवेदन, आर्थिक प्रतिवेदन पेस हुने छन् र ती प्रतिवेदनमाथि प्रतितिधिहरूको छलफलपछि आगामी कार्य दिशा तय गर्ने कोषाध्यक्ष प्रकाश रानाले बताए।