काठमाडौँ — भ्रष्टचार विरुद्धको अभियानमा सक्रिय संस्था एन्टी करप्सन एकेडेमी नेपालले फरक फरक क्षेत्रमा रहेर भ्रष्ट्राचार विरोधी अभियानमा सघाउने विभिन्न व्यक्तिहरुलाई सदाचार दीप सम्मान गरेको छ । एकेडेमीले भ्रष्टचार विरुद्ध अभियान सुरु गरेको २७ र्औ बर्षिक उत्सवको अवसरमा तेस्रो सदाचार दीप सम्मान–२०८० मार्फत पूर्व प्रधानन्यायधिश अनुपराज शर्मा, पूर्व सभामुख दमननाथ ढुङगाना, समाजसेवी अनुराधा कोइराला,शिक्षाविद् केदार भक्त माथेमा,पूर्व प्रशासक प्रभास चटौतलाई सम्मान गरेको हो ।
कार्यक्रमका प्रमुख अतिथि उपराष्ट्रपति राम साहय प्रसाद यादवले भ्रष्टचार निमिट्यान्न नपारेसम्म देशको उन्नती प्रगति र विकास नहुने उल्लेख गर्दै त्यसका लागि हरेक व्यक्तिले भ्रष्टचारको विरुद्ध वकालत आफ्नो कर्तव्त ठान्नु पर्नेमा जोड दिएका छन् । भ्रष्टचारमुक्त समाज र देश निर्माणका लागि सुशासन र सदाचारी व्यवहार प्रर्वद्धन गर्नु आजको प्रमुख आयश्कता रहेको उनजको भनाइ छ । निजी लाभका लागि सार्वजनिक शक्तिको प्रयोग गर्दा कानुनको उलंघन मात्र नभई सामाजिक मान्यताहरु समेत विचलन आउने हुँदा यसको नियन्त्रणमा जोड दिन सबैलाई आग्रह समेत गर ।
विगत लामो समयदेखि भ्रष्टचार विरोधी अभियान्ताको रुपमा सक्रिय बहु–आयामिक व्यक्तित्व एन्टी करप्सन एकेडेमी नेपालका संस्थापक भरत जंगम शाहले आफुहरुले चलाएको अभियानले राज्यको नीति निर्माण तहमै खुलेआम हुने भ्रष्टचार रोक्न सफल भएको दावी गरेका छन । सदाचारीको खोजी अभियान नै चलाएको उनको भनाई छ ।
साइन्स अफ एन्टी करप्सन सिद्धान्तगत रूपमा नै त्रिविको पाठ्यक्रममा राख्न शाह सफल छन् । उपन्यासकार, पत्रकार तथा लेखक मात्र नभई पञ्चायत कालदेखि नै सामाजिक विसंगति तथा भ्रष्टाचारविरुद्ध आवाज उठाउँदै आएका अभियन्ता शाहको ‘कालो सूर्य’ को चर्चामा छ । अभियानको २७ र्औ वार्षिक उत्सवको अवसरको अवसरमा भ्रष्ट्राचार विरोधी अभियान तथा भरत जंगलवारे लेखिएको युगपुरुष महाकाव्य समेत सार्वजनिक गरिएको थियो ।


प्रतिक्रिया