Breaking

दुर्गा प्रसाईँका स्वकीय सचिवसहित १५ जना पक्राउ


काठमाडौँ – प्रहरीमाथि ढुंगामुढा गरेको आरोपमा प्रहरीले दुर्गा प्रसाईँका १५ जना समर्थकलाई पक्राउ गरेको छ ।

सोमबार काठमाडौंको गौशालामा भएको प्रदर्शनमा प्रहरीमाथि ढुंगामुढा भएको थियो ।

पक्राउ पर्नेमा आफूलाई धार्मिक गुरु बताउने श्रीनिवास आचार्यसहित मेडिकल व्यवसायी प्रसाईँका स्वकीय सचिव विनयोजङ्ग थापासमेत छन् । प्रसाईँको आह्वानमा केहीदिनदेखि काठमाडौंमा प्रदर्शन हुँदै आएको छ ।

भोजराज तमिल्सिना, निकेश बास्तोला, हरि बिशुङ्खे, दीपक गोस्वामी, देवेन्द्र कार्की, भुवन परियार, यदुनाथ सिग्देल, राजु तामाङ, उबहादुर रिजाल, युभिन श्रेष्ठ, सुजन, खड्का, दिपेश खड्का, मेहरमान बस्नेत छन् । उनीहरुलाई गौशालासहित विभिन्न ठाउाबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।