काठमाडौँ – नेपाल सुपर लिग (एनएसएल) २०२३ मा आज साविक विजेता काठमाडौँ रेजर्स एफसी र एफसी चितवनबीच खेल हुँदैछ ।
दुवैको यस सिजन यो दोस्रो खेल हुनेछ । बालगोपाल महर्जन प्रशिक्षक तथा हिसुब थपलिया मार्की र कप्तान रहेको काठमाडौँले उद्घाटन खेलमै नयाँ टोली स्पोर्टिङ इलाम एफसीलाई १-० ले हराएर विजयी सुरुवात गरिसकेको छ ।
पहिलो खेल जित्दै ३ अंक जोड्दा सन्तुष्ट देखिए पनि काठमाडौँका प्रशिक्षक बालगोपालले टिमको प्रदर्शन भने अपेक्षा गरेअनुसार हुन नसकेको बताएका थिए । उनले उपाधि रक्षा गर्नका लागि अझ राम्रो प्रदर्शन गर्नुपर्ने बताएका थिए । उता गोलकिपर विशाल श्रेष्ठको कप्तानीमा रहेको चितवन भने पहिलो खेलमा पोखरा थण्डर्ससँग १-० ले पराजित भयो ।काठमाडौँ र चितवनबीचको खेल आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थति दशरथ रंगशालमा सुरु हुनेछ ।
चितवन एनएसएलमा ७ खेल खेल्दा अहिलेसम्म जितविहीन छ । पहिलो सिजन ६ खेल खेल्दा २ बराबरी र ४ हारको नतिजा निकालेको चितवनले पहिलो जितका लागि प्रतिक्षा गरिरहेको छ । चितवनमा भारतका मेहराजुद्दिन वाडु मुख्य प्रिशक्षक छन् । उनले पहिलो खेलमा हारपछि पहिला के भयो भन्दा पनि यो टिममा केन्द्रित हुने बताए । उनले टिमले आउने खेलहरुमा सुधारिएको प्रदर्शन गर्ने र जितका लागि खेल्ने बताएका थिए ।
काठमाडौँ र चितवनबीचको खेल आज साँझ साढे ५ बजे त्रिपुरेश्वरस्थति दशरथ रंगशालमा सुरु हुनेछ ।
प्रतिक्रिया