Breaking

ओलीका स्टन्ट फेल, एमाले चौतर्फी सकसमा, एजेण्डाको छैन पत्तो, सडकमा राजावादी, सत्तामा माओवादी


काठमाडौँ — संगठन विस्तारको अभियानमा जाने पूर्वसन्ध्यामा महेश बस्नेतको ईगोलाई संस्थागत गर्दै दुर्गा प्रसाईसंग भिडेको एमाले एजेण्डाविहिन भएको छ । आफ्नै कारण घट्दै गएको कद र अराजनीतिक कदमले सरकारमाथि प्रश्न गर्ने हैसियतमा समेत एमाले छैन । फलत एमाले अव कसरी अघि बढ्छ भन्ने चासो बढेको छ । अराजक गतिविधि गरिरहेका दुर्गा प्रसाईलाई सरकारले नियन्त्रण गर्नेसक्ने अवस्था हुदाँ हुदै कालोमोसो दलेर वहादुरी देखाएको एमाले उनैसंग टकराएर चुर्ण चुर्ण छ ।

त्यसैको उपज महेश बस्नेतको अरेली काडैले काण्ड देखि अध्यक्ष केपी शर्मा ओलीको कम्बोडियामा लगानी आरोप काण्ड वाहिर आए । भलै यसको वास्तविकता पुष्टि हुन वाँकि भएपनि नाति दावी गर्ने तथा पार्टि प्रवेश नै नगरि केन्द्रीय सदस्य बनाईएका व्यक्तिले वाहिर ल्याएका काण्ड एमाले विरोधीहरुले रमाईलो नै मानिरहेका छन । जसले राजनीतिक क्षति व्यहोरेको एमाले एकजना व्यक्ति विरुद्ध काउन्टर दिने निर्णयले अर्को घाटा व्यहोरेको छ भने बस्नेतको ईगोलाई संस्थागत गरको भन्दै एमालेभित्रैपनि असन्तुष्टि छ ।

त्यस्तै प्रसाई तह लगाउन एमालेकै ढाड प्रयोग गर्ने फाईदा सरकारले उठाँउदा व्यक्ति विरुद्ध लड्ने शक्तीले सत्तालाई प्रश्न गर्ने हैसियत नभएको भाष्य समेत निर्माण भएको छ । जसको प्रतिकारमा आफू नै सच्चा गणतन्त्रवादी भएको र आफू सडकमा आएर सत्तालाई समेत व्यवस्थाको पक्षमा वोल्न वाध्य पारेको भाष्य निर्माणमा एमाले लागेको छ । फलत ः ओलीले मूर्खहरूले मात्रै राजतन्त्र मान्ने टिप्पणी नै गरेका छन्।

राजतन्त्रलाई ‘प्रेत’को संज्ञा दिँदै ओलीले नेपाली जनताले वाक्क, दिक्क भएर फ्याँकेको शक्ति फेरि फर्कन नसक्ने दाबी नै गरे । कतिपय देशले विभिन्न सम्झौताका कारण राजतन्त्र माने पनि नेपालमा राजनीतिक, वैचारिक, सैद्धान्तिक कुनै हिसावले पनि राजतन्त्र हुनै नसक्ने तर्क गरेका उनले बल्खुमा बिहीवार भएको प्रदर्शनमा ५÷७ हजार मान्छे रहेको जिकिर गर्दै वर्तमान सरकार भने त्यसबाट थर्कमान भएको बताएका छन । जहाँ युवा संघको कार्यक्रमको प्रशंसा गदै उनले अर्को अराजनितिक चरित्र देखाएका छन ।

एमालेले यसलाई सुरु हुन लागेको मध्यपहाडि लोकमार्ग केन्द्रीय अभियानको सुरुवातका रुपमा समेत व्याख्या गरेको छ । त्यसैको माहोल बनाउन सडकमा आएको उसको तर्कका विच दशै अघि बढेको पेट्रोलियम पदार्थको मुल्यवृद्धिको विरोध जस्ता विषय उठाईरहेको छ । जहाँ दुर्गा प्रसाईको आन्दोलनलाई निस्तेज पार्ने दिशामा अघि बढेर जल्दोवल्दो समस्याको समेत उत्तर सरकाले दिदा अव के एजेण्डा उठाउने भन्नेमै एमाले अलमलमा देखिन्छ ।

त्यस्तै सरकारलाई चाडपर्व मनाउ छुट दिएको नत्र सत्ता परिवर्तन चुड्कीको भरमा गर्नसक्ने उनीहरुको दावी समेत यसैसंग शती जाँदा एमाले नेता योगेश भट्टराई भने गठबन्धन तोड्ने एमालेको प्रयास जारी रहेको बताउछन । यहि सरकारले कारण देशमा संकट आएको बताउने उनी त्यस्तो वेला मुख्य पार्टि एक ठाँउमा उभिनुपर्ने तर्क गर्छन । अर्थात अव कांग्रेससंग मिलेर अघि बढ्न एमाले तयार रहेको उनको संकेतका विच राजनीतिक विश्लेषक श्रीकृष्ण अनिरुद्ध गौतम सर्वसाधारणले माओवादी कांग्रेस र एमालेलाई फरक पार्टी नै मान्न छोडेको बताउछन ।

कोशीमा गरेको प्रयास सफल पार्न नसकेको एमाले उल्टै पहिचानवादी देखि अराजक भिड र नयाँ भनिएका शक्तीको समेत सामना गरिरहेको छ । जसलाई राष्ट्रवादी शक्तीविरुद्धको घेराबन्दीको भाष्य निर्माण गर्न एमाले लागेपनि त्यसमा समेत सफल भएको छैन । त्यस्तै कहाँ प्रहार गर्ने र कसलाई प्रहार गर्ने भन्नेमै अलमलमा देखिएको उसले गरेको प्रहारसमेत प्रत्युत्पादक बनेका छन । जुन अवस्थाले संगठन सुदृढिकरण त परको कुरा आगामी पाँच बर्ष सत्तामा जाने सपना समेत सपनामै सिमित हुने खतरा बढदो छ ।