Sayapatri Media Pvt. Ltd.
Reg. No. : 885/075-76
Publisher: Ang Kaji Sherpa
Editor: Laxmi Raj Bhandari
Office: Chabahil - 7, KL Tower 5th floor
Phone: 01-4587728
CMO (Anjan shrestha): 9843335555
Admin: Info@yohokhabar.com
News: yohokhabar.com@gmail.com

Breaking

एनएसएलको दोस्रो संस्करण आजदेखि सुरु


काठमाडौँ – नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करण आजदेखि सुरु हुँदैछ। नेपाल स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्टका अनुसार आज दशरथ रंगशालामा भव्य उद्घाटन हुनेछ।

प्रतियोगिताको उद्घाटन खेल साविक विजेता काठमाडौं रेजर्स र नवप्रवेशी स्पोर्टिङ इलाम एफसीबीच हुनेछ। खेल साँझ ६ बजे सुरु हुनेछ।

पहिलो संस्करण कोभिड संक्रमणको समयमा बिना दर्शक आयोजना भएको थियो। आज हुने उद्घाटन समारोहमा लोकप्रिय गायक सुशान्त केसीले प्रस्तुती दिनेछन्।

यसपटक गत संस्करणको तुलनामा सहभागी टोली बढेसँगै लिगमा खेल संख्या पनि बढेको छ। अघिल्लो संस्करणका ६ र ३ नयाँ टोली गरि ९ टोलीले ४० खेल खेल्नेछन्। उपाधि विजेताले प्राप्त गर्ने रकम पनि दर्शकको उपस्थितिले नै यकिन निर्धारण हुने आयोजकले जनाएको छ। एनएसएलले यसपटक आइएमइ पेसँग सहकार्य गर्दै टिकट अनलाइन बिक्री सुरु गरिसकेको छ। रंगशालाको सामान्यतर्फ २ सय र भीआइपी तर्फ ५ सय रुपैयाँ टिकट दर तोकिएको छ।